काठमाडौँ । मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् ।
विधेयकमा समावेश केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश समिति र जिल्ला शाखाका अगुवाइमा मुलुकभर प्रदर्शन गरिएको हो ।
राजधानी काठमाडौँमा भने अपराह्न ३ बजे बबरमहलमा हातेमालो प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा पत्रकार महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र विभिन्न सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मीहरु सहभागी भएका थिए।
सरकारले संसद्मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान राखिएको भन्दै त्यस सच्याउनु पर्ने मागसहित पत्रकार महासंघले आन्दोलन गरिरहेको छ।