काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार एक अभियुक्तमाथि गोली प्रहार गरेको छ । बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनी लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ। जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो।
सो क्रममा उनै तामाङले उक्त पसललेलाई खुकरी प्रहार गरेका थिए।
बिहीबार मात्रै महाशाखाको टोलीले समूहका धराने भनिने नितेस तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौंलागाई र जिग्री भनिने मकवानपुरका भिमराज थिङलाई पक्राउ गरेको थियो । सोही समूहका तामाङ भने फरार थिए ।