३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु

अ+ अ-

बुडापेस्ट । हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ ।

दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ ।

हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।

सो डुङ्गामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो ।

हराइरहेका २१ व्यक्तिमा पनि प्रायः दक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले जानकारी दिएको थियो ।

स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रुपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङगामा अर्को डुङ्गा आएर ठोक्किएपछि दुर्घटना भएको थियो ।

दुई तले सो डुङ्गामा ४५ जना बसेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको तर यस डुङ्गामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका थिए ।

हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस