२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलका पर्यटन व्यवसायी चुनावी महोलमा-राणाको पल्ला भारी

अ+ अ-

काठमाडौँ । ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरूलाई ठमेल पर्यटन विकास परिषद्को आसन्न चुनावले व्यस्त बनाइ दिएको छ । यही २५ गते शनिवार साधारणसभाबाट परिषद्मा नयाँ नेतृत्व चयन हुने छ ।

पर्यटक आगमनमा बिस्तारै कम हुँदै गएपछि फुर्सदिला बनेका ठमेलका पर्यटन व्यवसायीहरूले छुट्टाछुट्टै प्यानल बनाई परिषद् नेतृत्वका लागि चुनावको तयारी गरेका छन् । सहमतिका आधारमा नेतृत्व छनोट नभएमा चुनाव गराउने तयारी भइरहेको छ ।

परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले अधिकांशले सहमतिकै आधारमा नेतृत्व छनौट गर्नु पर्छ भन्ने चाहना राखेपनि उम्मेदवारहरूभन्दा उम्मेदवार बन्न लगाउने व्यक्तिहरूबिच सहमत हुन नसकेपछि चुनाव बाहेक अन्य विकल्प नभएको बताए ।

परिषद्को नयाँ नेतृत्व लिन पर्यटन व्यवसायी प्रकाश नरसिंह राणा, अर्जुनलाल प्रधान र भविश्वर शर्माको नाम सार्वजनिक भएको छ । राणाले भने मङ्गलवार औपचारिक कार्यक्रमको आयोजना गरी परिषद्को नेतृत्व लिन आफू तयार भएको जनाऊ गरेका छन् ।

ठमेलक्षेत्रका दुईसयभन्दा बढी पर्यटनव्यवसायीहरू सहभागी उक्त कार्यक्रममा उम्मेदवार राणाले ठमेलको पर्यटन विकास, फोहर व्यवस्थापन, ढल निकास, सवारी साधन निषेधित क्षेत्र घोषणा लगायत सुधारका कार्यक्रमको बारेमा जानकारी दिए ।

ठमेलका पर्यटन व्यवसायीहरूको छाता सङ्गठन परिषद्मा करिब आठ सय सदस्यहरू आबद्ध छन् । राणा नेतृत्वको समूहले ठमेलक्षेत्रमा चुनाव प्रचारप्रसार अभियान सञ्चालन गरेको छ । प्रचारप्रसारमा सहभागीहरूले ठमेलक्षेत्रलाई पर्यटन क्षेत्र(पर्यटकीय नगरी) घोषणाको माग गरेका छन् ।

त्यस्तै, अर्को दुई उम्मेदवार प्रधान र शर्माले भने औपचारिक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका छन् । शर्माले भने– उम्मेदवारीका विषयमा छलफल हुँदैछ अव केही दिनमा नै घोषणा हुन्छ । परिषद्को नयाँ कार्यसमिति १७ सदस्यीय हुनेछ ।

सहमतिका आधारमा नेतृत्व दिन आग्रह गर्दै आएका शर्मालाई नेतृत्व दिने विषयमा ठमेलका पर्यटन व्यवसायीहरू सहमत देखिदैन्न । तर, राणाको समूहले भने आफ्नो नेतृत्वमा सहमति भए मात्र मान्ने हुने बताउँदै आएको छ ।
परिषद्का उपाध्यक्ष राजु मान डङ्गोलले उम्मेदवार राणा ठमेलक्षेत्रको पुरानो तथा निकै मेहनती पर्यटन व्यवसायी भएकाले अबको नेतृत्व उनले नै पाउनुपर्ने दाबी गर्छन् । राजनीतिक वाद भन्दा काममा परिपक्व, अनुभवी र ईमान्दार नेतृत्वको आवश्यक छ उनले भने ।

प्रतिक्रिया दिनुहोस