२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु महामारी : बिरामीको सङ्ख्या ७५ पुग्यो

अ+ अ-

धरान । यहाँ डेङ्गुका बिमारीको सङ्ख्या ७५ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ पुगेको हो ।

धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त ¥यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ । धरानमा डेङ्गु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले ठहर गरेका छन् । निरीक्षणबाट डेङ्गुको बिमारीको सङ्ख्या नियन्त्रणबाहिर रहने बताइएको छ ।

रेस्पोन्स टिमले वडा नं ५, १४, १ र १५ मा केहीका घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौँको सङ्ख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनालले जानकारी दिए ।

उनीहरुले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेङ्गुको बासस्थान हुने जानकारी गराउँदै अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाएका थिए । यता बिमारीको चाप बढेपछि प्रतिष्ठानमा श्यया अभाव भएको छ । हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा बिरामी राखेर उपचार भइरहेको र उनीहरुको उपचारका लागि छुट्टै वार्ड बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए ।

डेङ्गुको महामारी अत्यधिक बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँलाई थप अनुसन्धान तथा नियन्त्रणका लागि आज पत्राचार गरिएको अस्पताल निर्देशक साहले बताए ।रासस

प्रतिक्रिया दिनुहोस