लोक सेवाको विज्ञापनमा मुख्यमन्त्री राउतको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाको विज्ञापनमा मुख्यमन्त्री राउतको आपत्ति


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


लोक सेवा

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोक सेवा आयोगले जेठ १५ गते स्थानीय तहको लागि खोलेको विज्ञापनप्रति आपत्ति जनाएका छन् ।

बर्दिवासमा शुक्रबार प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधानमा स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको भावनाविपरित भई रहेको गतिविधीविरुद्ध कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।

संघीय निकायहरूले एकपछि अर्को अधिकार खोस्ने प्रपञ्च गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्थानीय तहका प्रतिनिधीहरूलाई एकबद्ध भई अघि बढ्न समेत अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस