२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारू जातिलाई सूचीकरण गर्न समस्या

अ+ अ-

रत्ननगर । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले नेपालमा रहेका थारू जातिलाई सूचीकरण गर्न समस्या भएको बताएका छन् । मङ्गलबार चितवनको सौराहामा आयोगले आयोजना गरेको थारू अगुवाहरुसँगको छलफल कार्यक्रममा उहाँले थारू जातिको अवस्था पत्ता लगाउन नेपालको पश्चिम क्षेत्रबाट सूचीकरणको काम थालनी गरे पनि त्यहाँका राना, कठोरिया, दङगोरिया, चितोनिया जातिले थारू क्लस्टरमा बस्न नमानेको बताए।

उनले पूर्वमा यही समस्या देखापर्नेमा आशङ्का गर्नुभयो । नेपालभर ६ दशमलव ७ प्रतिशत थारू जातिको बसोबास भए पनि सूचीकरण गर्न असहज भएको उल्लेख गरे। चौधरीले समुदायको समस्या समाधान गर्न पुलको रूपमा आयोग गठन भएको जानकारी दिँदै थारू हकहित संरक्षणका लागि थारू एकजुट हुनुपर्ने बताए ।

थारू आयोगले थारू जातिको हकहितका लागि सरकारलाई सुझाव सिफारिस गर्ने काम गर्दछ । कार्यक्रममा थारू अगुवा सञ्जय चौधरीले थारू जातिलाई छुट्याएको बजेट लक्षित वर्गमा नपुगी विकास निर्माणमा खर्च भइरहेको भन्दै यो परम्पराले उनीहरुको जीवनमा कुनै पनि सुधार नआउने धारणा राखे।

उनले थारू जातिको जीवनस्तरलाई उकास्न स्वरोजगार र उत्पादनमुखी शिक्षामा जोड दिनुपर्ने सुझाव दिए । त्यस्तै अर्का अगुवा टेकेन्द्र चौधरीले थारूको पेशा, भाषा, संस्कृतिलाई प्रवद्र्धन गर्न आयोग अगाडि बढ्नुपर्ने बताए ।

थारू महिला अगुवा लक्ष्मी चौधरीले आदिवासी थारू जातिलाई भूमिपुत्रका रूपमा चिनिँदै आइएको भए पनि अहिले धेरै भूमिहीन भएको बताइन्। उनले थारूहरु आफ्नो समस्या लिएर सम्बन्धित निकायमा नजाने भएकाले अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको भन्दै यो समस्यामा आयोग गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा आयोगका सचिव आनन्दराम रेग्मीले आयोगको उद्देश्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा थारू आयोगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रममा थारू कल्याणकारीसभामा आबद्ध र आगुवाहरु गरी ४० बढीको सहभागी थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, डा मनोज चौधरी, कारी महतो, भजुवनराम महतो, हेमराज महतो, जोगेन्द्र महतो, दर्शन चौधरी, रामेश्वर महतोलगायतले धारणा राराखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस