२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानमा एकल महिला अधिकार सुनिश्चित : राष्ट्रपति

अ+ अ-

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार भनेको पनि मानव अधिकार नै हो भनेर सुरू गरिएको अभियानले वृहत् रूप लिएको बताएकी छन् ।

मानव अधिकारका लागि एकल महिला संस्थाको २५ औँ वर्षगाँठ (रजत जयन्ती) को अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

सो संस्थाले हात्तीगौंडामा निर्माण गरेको छहारी (सुरक्षित घर) को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सामाजिक सांस्कृतिक कुरीति अन्त्य गर्न संवैधानिक सङ्कल्पले कानुनी रूप लिएको अहिलेको अवस्थामा केही सहज वातावरण तयार भएको बताइन् ।

संविधानको मौलिक हकमै एकल महिलाको अधिकार सुनिश्चित गरिएको जानकारी दिंदै एकल महिला सुरक्षा कोषको समेत व्यवस्था गरी एकल महिलाको सहज जीवनयापन र उनीहरूको पीडा कम गर्ने काम सरकारको तर्फबाट जारी रहेको बताइन् ।

साथै विकासको बाटोमा अगाडि बढिरहेको हाम्रो देशमा विस्तारै विकृति, कुरीतिको पनि अन्त्य हुँदैछ, त्यस्तो काममा एकल महिला संस्थाले थालेको अभियानले पनि महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिलाप्रति संवैधानिक र राजनीतिक भेदभाव टुङ्गिए पनि सामाजिक ÷आर्थिक भेदभाव भने कायमै रहेको बताइन् ।

समाजमा रहेको त्यस्तो भेदभावलाई हटाउन एकल महिला जस्तो सङ्गठनको सशक्तीकरणको अभियान प्रभावकारी भएको बताइन्।

उनले स्पष्ट योजना, खाकासहितको प्रस्ताव पेस भए संस्थालाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिलेको सन्दर्भमा महिलाप्रतिको धारणा केही परिवर्तन आए पनि महिलाप्रति गरिने व्यवहार, चिन्तनमा भने परिवर्तन नआएको विचार व्यक्त गरिन्। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एकल तथा समग्र महिलाको विकास, परिवर्तनमा वृहत काम भइरहेको उनले बताइन् ।

हिंसामा परेका महिलाले सुरक्षा, सीप, दक्षता पाउने यो छहारी, महिलाको आर्थिक विकास, सशक्तीकरण गराउने भवनको रूपमा रूपान्तरण होस् भन्ने शुभकामना व्यक्त गरिन्।

मानव अधिकारका लागि एकल महिलाका संस्थापक लिली थापाले समाजमा वैवाहिक अवस्थाका कारण हुने विभेदविरूद्ध २५ वर्ष अगाडि थालेको अभियानले देशभरका एकल महिलालाई एकजुट गरेर अगाडि बढ्न सकेकोमा खुसी व्यक्त गरिन्।

दक्षिण एसियामै एकल महिलाको अवस्था नाजुक भए पनि नेपालमा संस्थाले उनीहरूको सशक्तीकरणमा साथ दिंदै छहारी घर समेत निर्माण गर्दै आएको बताइन्।

कार्यक्रममा संस्थाका अध्यक्ष कुन्दा शर्माले यस संस्थामा हाल देशभर एकलाख २५ हजार एकल महिला आवद्ध भएर जीवनपयोगी सीपसहित सम्मानपूर्वक समाजमा काम गरिरहेको बताइन् ।

सो अवसरमा मानव अधिकारका लागि एकल महिला संस्थाका लागि सहयोग गर्ने संस्था, व्यक्तिलाई सम्मान गरिएको थियो ।

संस्थाको रजतजयन्तीको अवसरमा मुलुकभरका पाँच सय एकल महिलाको सहभागितामा उत्पादन गरिएका सबै जिल्लाका उत्पादनको स्टल पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस