१८ हजार नागरिकता प्रमाणपत्र वितरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१८ हजार नागरिकता प्रमाणपत्र वितरण


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष शुरु भएदेखि यही जेठको पहिलो सातासम्म १८ हजार २६५ नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।

जिप्रकाका अनुसार नयाँ नागरिकता बनाउनेको सङ्ख्या ५ हजार ९६८ तथा प्रतिलिपि नागरिकता बनाउने १२ हजार २ सय ९७ छन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले गत वर्षको तथ्याङ्क विवरणअनुसार नयाँ नागरिकताको सङ्ख्या सात हजार ३५५ छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको विवरणमा राहदानी र विभिन्न विषयका दस्तुरमा रु २ करोड ३९ लाख ७८ हजार ६१९ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस