हिमाल आरोहणबाट फर्केका दुई आरोहीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हिमाल आरोहणबाट फर्केका दुई आरोहीको मृत्यु


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । हिमाल आरोहरणको क्रमम शुक्रबार दुई आरोहीको मृत्यु भएको छ । चर्चित माउन्टेन गाइड ध्रुव विष्ट र निमा तेन्जिङ शेर्पाको मृत्यु भएको हो । विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका उनलाई तलतिर ल्याउन क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएको हिमालय एक्सटिसी ट्रेकका जीवन भट्टराईले जानकारी दिए । त्यस्तै अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पा मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

उनी हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी भएका थिए’ सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाले जानकारी दिए । यी दुईको मृत्युपछि यसवर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस