असार ४ गते, २०७६

धम्क्याएर पाँच लाख फिरौती माग्ने दुई पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सञ्चालन गरेका कार्कीसँग रु ५ लाख नदिए छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै धम्क्याएर रकम माग्ने दुई जनालाई कार्कीले दिएको निवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाइएको छ ।रासस

जेष्ठ १० गते, २०७६ - १४ः५४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg