करोडौँ नक्कली भारतीय रुपैयाँसहित चार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

करोडौँ नक्कली भारतीय रुपैयाँसहित चार पक्राउ


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँ भारतीय नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठुलो परिमाणमा भारतीय नक्कली नोटसहित विमानस्थलबाट पक्राउ गरेको हो ।

दुईवटा सुटकेशमा ल्याइएको नोटमध्ये एउटा सुटकेशमा गनिसकेको र अर्कोमा गन्ने काम भइरहेको विमानस्थल स्रोतले बताएको छ ।

पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको प्रहरीको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस