आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै


प्रशासन विशेष ब्युरो

१० जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् ।

अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको निजामती अस्पतालमा उपचार भइरहेको छ ।

अर्थोवार्डका डा. कपिलमणि केसीको टोलीबाट उपचार भई रहेका अध्यक्ष ढकालको सोही अस्पतालका कन्सल्टेन्ट डाक्टर विमल थापाले अपरेसनको तयारी गरी रहेका छन् ।

निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ठ गुरागाईको छातिमा चोट लागेको छ भने सवारी चालक सकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस