रा.वा.बैंक लिमिटेड, चौथो र पाँचौ तह विशेष « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

रा.वा.बैंक लिमिटेड, चौथो र पाँचौ तह विशेष


ललित कुमार बस्नेत

८ जेष्ठ २०७६, बुधबार


नाफा नोक्सानमा  सोध्न सक्ने संभावित नमूना प्रश्नहरु (५ अंकको लागि)

१. एउटा व्यापारीले १० वटा रेडियोहरु विक्री गर्दा २ वटा रेडियोको वि.मू. बराबर रकम नाफा गर्छ भने उसलाई कति प्रतिशत नाफा हुन्छ ?

२. एउटा पसलेले रेडियोमा १६% नाफा हुने गरेर अंकित मूल्य निर्धारण गर्‍यो । यदि उसको खरिद मूल्य २०% घट्छ भने रेडियोको वि.मू. १०% कम गराउँछ भने उसले कति प्रतिशत नाफा गर्छ ?

३. एउटा व्यापारीले आफ्नो सामानको अंकित मूल्य क्रय मूल्यभन्दा ४०% बढी कायम गर्छ । तर यदि उसले ५% छुटमा उक्त समान विक्री गर्छ भने कति प्रतिशत नाफा गर्छ ।

४.  कुनै वस्तुको अंकित मूल्य रु. ३५% जुन क्रय मूल्यको ४०% बढी छ । ५% छुट दिई बचेमा कति नाफा हुन्छ ?

५.  कुनै मानिसले कुनै समान १५% घाटामा विक्री गर्छ । यदि उसले रु. ३ बढीमा बेच्न सकेको भए उसलाई १५% नाफा हुने थियो भने उक्त सामानको क्र.मू. कति होला ?

६.  कुनै दुध विक्रेताले १५० लिटर दुधमा कति लिटरर पानी मिसाउनु पर्ला कि उसले उक्त पानी मिसाएको दुध शुरुकै मूल्यमा बेच्दा २०% नाफा गर्न सक्छ ?

७.  एउटा छली पसलेले चिनी विक्रीमा ४% घाटा भएको दावी गर्छ तर १kg को सट्टामा ९००gm को तौल प्रयोग गर्दछ भने उसको नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् ।

८.  एउटा रेडियो २०% छुटपछि रु. १९२० मा किनियो । यदि ७.५% मात्र छुट भएको भए, त्यस रेडियोलाई कति तिर्नुपर्ने थियो ?

९.  एउटा फलफूल पसलेले रु. १२०० मा १६०० वटा सुन्तला किन्यो । तीमध्ये ४० वटा विग्रेका रहेछन् । उसले बाँकी सुन्तला १७% नाफा गरेर बेच्यो भने उसले प्रत्येकको कुन दरमा बेच्यो ?

१०. रामले कुनै सामान २०% नाफा लिएर श्यामलाई बेच्यो । श्यामले त्यही सामान ५% नाफा लिएर घनश्यामलाई रु. ५०४ छण्द्ध मा बेच्यो । रामलाई यसको मूल्य कति परेको थियो ?

११. एउटा विक्रेताले रु. १५०० मा ५० वटा टोपी किन्यो । उसले १५ वटा टोपी रु. ३५ का दरले र १५ वटा ४०  को दरले बेच्यो । उसको लागतमा १५% नाफा गर्न बाँकी टोपी कुन दरमा बेच्नुपर्ला ?

१२. एउटा पसलेले एउटा घडी १६ % नाफा हुने गरी बेच्यो । यदि उसले रु. ६२.५  कम हुनेगरी बेच्यो भने उसलाई ९%  नोक्सान हुने थियो भने घडीको परेको मूल्य पत्ता लगाउनुहोस् ।

१३.  एउटा व्यापारीले एउटा वस्तु रु. ६० मा किन्छ । त्यो व्यापारीले ३०% नाफा गर्न चाहन्छ र उसले विक्री गर्दा त्यसमा १०% छुट दिन्छ भने त्यसको अंकित मूल्य कति राख्नुपर्ला ?

१४.  एउटा व्यापारीले कुनै सामान १०%  छुटमा विक्री गर्दा २०% नाफा गर्छ । यदि त्यसको अंकित मूल्य रु. २८०  छ भने त्यसको वास्तविक क्रय मूल्य कति होला ?

१५.  एउटा व्यापारीले कुने सामानको मूल्य यसको क्रय मूल्यभन्दा ४०% बढी कायम गर्छ, तर विक्री गर्दा १०% छुट दिन्छ । यदि उसले रु. ७८ नाफा गर्छ भने त्यस सामानको क्रय मूल्य कति होला ?

१६. एउटा उत्पादकले कुनै सामान अधिकृत विक्रेता (डिलर) लाई १५% नाफा खाएर बेचेछ । यदि अधिकृत विक्रेताले खुद्रा विक्रेतालाई १०% नाफामा सो सामान बेच्छ । यदि खुद्रा विक्रेताले त्यसलाई ८% नाफामा बेचेछ भने उत्पादकलाई रु. ६० पर्ने कुनै सामानको लागि उपभोक्ताले कति तिर्नुपर्ला  ?

१७. एउटा उद्योगले एउटा रेडियो अधिकृत विक्रेतालाई २०% नाफामा बेच्छ । यदि अधिकृत विक्रेताले २५% नाफा खाइ खुद्रा व्यापारीलाई बेचेछ खुद्रा व्यापारीले उपभोक्तालाई सो रेडियो रु. १६८० को दरले बेचेछ र ४०% नाफा गरेछ भने उद्योगलाई त्यसको मूल्य कति परेको थियो ?

१८. यदि एउटा मोटरसाइकल सेट रु ६००० मा किनेर २० प्रतिशत नाफामा विक्री गरियो भने विक्री मूल्य कति होला ?

१९. कुनै वस्तुको अंकित मूल्यमा १०% छुट दिई बेच्दा  विक्रेतालाई रु. १६  नाफा हुन्छ, जब कि उक्त छुट दिँदा रु. ४० नाफा हुन्छ भने विक्रेताले सो वस्तु कतिमा किनेको हुनुपर्छ ?

२०. एउट छली पसलेले दुई किसिमको ढक राखेको छ । किन्दा २०%  बढी भएको ढकले तौलन्छ र बेच्दा २०% घटी भएको ढकले तौलन्छ भने तौलमा मात्र उसको प्रतिशत लाभ कति हुन्छ ?

२१. एउटा पसलेले आफ्नो पुरानो डिजाइनका सबै लुगाहरुर विक्री गर्ने उद्देश्यले हरेक दिन ५% छुट दिँदै गएछ । एउटा कोटको मूल्य सोमबार रु. ४५० (छुटसहित) रहेछ भनेः   (i) बुधबार  (ii) शुक्रबार त्यसको वि.मू. कति हुन्छ ?

२२. कुनै वस्तुको अंकित मूल्यमा १०% छुट दिई विक्री गर्दा पनि विक्रेतालाई रु. ८ नाफा हुन्छ जबकि उक्त छुट नदिँदा रु. २० नाफा हुन्छ भने विक्रे्ताले सो वस्तु कतिमा किनेको हुनुपर्छ ?

२३. प्रति किलोग्राम रु. ७०  का दरले किनिएको मासको दालको विक्रीदर कति कायम गर्दा ५% छुट दिएर पनि प्रतिकिलोग्राम रु. ६  नै नाफा हुन्छ ?

२४. एक टुक्रा सुटको कपडामा १५% छुट दिँदा रु. ६०  घाटा लाग्यो । १०% मात्र छुट दिई विक्री गरेको भए रु. ६० नै नाफा हुने थियो भने सो कपडाको क्रयमूल्य र अंकित मूल्य निकाल्नुहोस् ।

२५. एकजना ग्राहकले ६०% छुटमा रु. ८०० तिरी किनेको एउटा वस्तुको अंकित मूल्य कति होला ?

२६. रु. ३५० पर्ने कुनै वस्तुमा २०% छुटपछिको मूल्यमा १५% मूल्य अभिवृद्धि कर थप्दा चुक्ता मूल्य कति हुन आउँछ । सोही वस्तुमा ३०% छुट दिँदा चुक्ता मूल्य कति हुन्छ ?

२७. एउटा काठको कलात्मक झ्यालको १५% छुटसहितको मूल्यमा १०%  मूल्य अभिवृद्धि कर जोडेर एउटा पर्यटकले रु. ५६१०  ति¥यो भने उक्त झ्यालको अंकित मूल्य कति होला ?

२८. २०% छुट पछिको मूल्य अभिवृद्धि कर वापत ८%  मूल्य तिरेर किनिएको एउटा मूर्तिलाई पर्यटकले आफ्नो देशमा लैजाँदा विमानस्थलमा मूल्य अभिवृद्धि रकम रु. २५६  फिर्ता पाउँछ भने उक्त मूर्तिको अंकित मूल्य कति रहेछ ?

उत्तर :

Tags :
प्रतिक्रिया दिनुहोस