२५ प्रतिशत बोनस र २३.५ रुपैयाँ नगद लाभांशसहित नेपाल लाइफको १९ औँ साधारण सभा सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२५ प्रतिशत बोनस र २३.५ रुपैयाँ नगद लाभांशसहित नेपाल लाइफको १९ औँ साधारण सभा सम्पन्न


प्रशासन विशेष ब्युरो

४ जेष्ठ २०७६, शनिबार


काठमाडौँ । शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर २३.५० रुपैयाँ(करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १९औं साधारण सभा सम्पन्न भएको छ ।

शनिवार, वीरगन्जमा सम्पन्न वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिएका थिए।

साधारण सभाबाट आ.व.२०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, नगद प्रवाह विवरणहरू एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावसमेत स्वीकृत भएको छ।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयर धनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ।

कम्पनीमा १ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभि कर्ता भएको कम्पनीले बताएको छ।

देशभर १ सय ७७ शाखा तथा उपशाखाहरूमार्फत इन्स्योरेन्सले जीवन बिमासम्बन्धी सेवा प्रवाह गर्दै आइरहेको छ।

कम्पनीले हालसम्म २५ लाख व्यक्तिको बिमा गरिसकेको छ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस