सरकारी बिदामा अंकुश, प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारी बिदामा अंकुश, प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने


प्रशासन संवाददाता

४ जेष्ठ २०७६, शनिबार


काठमाडौं । प्रदेश सरकारकाले अव छ दिन मात्रै बिदा दिन पाउने भएका छन् । प्रदेशहरुले आफूखुसी बिदा दिन थालेपछि गृह मन्त्रालयले सरकारी बिदामा अंकुश लगाएको हो ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुशार नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेका वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा गृह मन्त्रालयको निर्णयअनुसार हुने छ ।

प्रदेश सरकारले बढीमा ६ दिन बिदा दिने निर्णय भए पनि उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सरकारका कार्यालयको बिदाको व्यवस्था गृह मन्त्रालयको निर्णयबमोजिम हुने राजपत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस