२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको जिम्मेवारी हेरफेर गर्नसक्ने कानून बनाउन सुझाव

अ+ अ-

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विशेष परिस्थितिमा समेत कर्मचारीको जिम्मेवारी हेरफेर गर्न र खटाउन नसक्ने कानून नबनाउन सरकारलाई सुझाव दिएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा सरकारले दिएको निर्देशन नमान्ने, बरु उल्टै धम्क्याउने सचिवको जुनसुकै सेवा वा समूहमा रहेको भए पनि जिम्मेवारी हेरफेर गर्नसक्ने गरी ऐन बनाउन सांसदहरुले सुझाव दिए ।

उनीहरुले भने,’सरकारले पनि कर्मचारीमाथि जथाभावी गर्न नपाउने स्पष्ट कानूनी व्यवस्था ऐन मै किटान गरिनुपर्छ ।’बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने,’केही प्रावधान नराख्ने हो भने कहिलेकाहीँ छिनछिनमा बिर्सने (अल्जाइमर्स) भएकालाई पनि पदोन्नति गरेर सचिव बनाउनुपर्ने स्थिति छ ।’ उनले राज्यलाई बन्धक बनाएर सरकारले कर्मचारीलाई हलचल गर्न नसक्ने अवस्थामा सुधार गर्नुपर्ने बताए ।

समितिका सदस्य रेखा शर्माले कर्मचारीले आफनो निजी स्वार्थ पूरा गर्ने सन्दर्भमा जहाँपायो त्यहीँ हामफाल्ने स्थिति अन्त्य गर्नुपर्ने, सेवा र वृत्ति विकासलाई अप्ठ्यारो नपर्ने गरी ‘क्लस्टर’ कायम गरिनुपर्नेमा जोड दिए । ‘राष्ट्रसेवक भन्ने अनि सरकारले दिएको निर्देशन नमान्ने, बढुवा एउटा बाटोबाट हुने पदस्थापन अर्को हुने अवस्था अन्त्य गरिनुपर्छ’, सांसद यशोदा सुवेदीले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले विगतमा भएका सहमतिका आधारमा संघीय निजामती अन्तर्गत ११ वटा सेवा रहे पनि कतिपय प्राविधिकले यसलाई भत्काउने उद्देश्यले संशोधनको मुद्दा उठाउँदै आएको जानकारी गराए ।

संघीय निजामती सेवामा आर्थिक तथा तथ्याङक, इञ्जिनीयरिङ, कृषि, परराष्ट्र, प्रशासन, लेखा परीक्षण, वन, विविध र शिक्षा सेवा रहने विधेयकमा प्रस्ताव गरिएको छ । उक्त सेवाभित्र रही विशिष्ट श्रेणीमा बढुवाका लागि इञ्जिनीयरिङ, कृषि तथा वन, प्रशासन र स्वास्थ्य सेवा गरी सामूहिकीकरण (क्लस्टर) गरिएको छ ।

सरकारको निर्देशन नमान्ने कर्मचारीलाई स्पष्ट कारणसहित जिम्मेवारी हेरफेर गर्नसक्ने कानूनी प्रावधान समेटिएको उक्त विधेयकमा वन, स्वास्थ्य, परराष्ट्र, कृषिलगायतका मन्त्रालयका सचिवको पनि राज्यले आवश्यकता महसुस गरेअनुसार जिम्मेवारी हेरफेर गर्नसक्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस