डीएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली ! अख्तियारले दायर गर्‍यो मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डीएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली ! अख्तियारले दायर गर्‍यो मुद्दा


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले भारतको उत्तरप्रदेशबाट ल्याएको आईकमको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उनले आइकमको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए। हाल उनी बढुवा भएर डिएसपी पदमा कार्यरत छन्।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार उनीविरुघ मुा दायर गरिएको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस