२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काफल बेचेरे पढाइ खर्च जुटाउँदै बालबालिका

अ+ अ-

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउका न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ ।

मौसमअनुसारका फलफूलको व्यापार गरेर राम्रो आम्दानी गर्दै आएका सडक आसपास गाउँका बालबालिकाले अहिले भने काफल, पुलम, आल्चा र आरु विक्रीबाट आम्दानी गरी पढाइ खर्च जुटाइरहेका अमरगढी–५ तोफानडाँडाका जोगराज ऐरले बताए ।

यो वर्ष असिना पानीले गर्दा काफल पर्याप्त नभए पनि राजमार्ग छेउका महिला तथा बालबालिका टाढाको जङ्गल पुगेर काफल ल्याई बिक्री गर्दा एक हजारसम्म आम्दानी हुने गरेको अमरगढी–१ मालमका ११ वर्षीया रमिता दियाल (नाम परिवर्तन)ले बताइन् ।

काफल बिक्री गरेर आफूलाई चाहिने कापी कलम र लुगा खरीद गर्ने गरेको र बाँकी पैसा घरमा दिने गरेको उनको भनाइ थियो ।जिल्लाको अमरगढी नगरपालिकाको स्याउले, मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुनेलगायत राजमार्ग छेउछाउका बासिन्दाले काफलसँगै अन्य मौसमी फलफूल सङ्कलन गरी बेच्दै आएका छन् ।

गाउँबाट काफल बेच्नका लागि स्याउले बजार र जिल्ला सदरमुकाममा महिला तथा बालबालिका आउने गरेका अमरगढी–१० का वडासदस्य प्रेम विष्टले बताए । महिला तथा बालबालिकाले दैनिक रु दुई हजारसम्म आम्दानी गरिरहेका उनको भनाइ थियो

सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारका रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेहरूको बिहानैदेखि रातिसम्म भीड हुने र एककिलो काफललाई रु १०० भन्दा बढीमा बेच्ने गरेको स्याउले बजारकी एक महिलाले बताए।

यसैगरी भिमदत्त राजमार्ग छेउछाउमा मौसमअनुसारका फलफूल तथा जङ्गली फल काफल, कोइरालो, अमला बेच्नेको ताती नै लाग्ने गरेको छ । काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइ खर्चको समेत जोहो गर्ने गरेका छन् । काफलको समयमा वर्षेनी धेरै बालबालिका काफलको रुखबाट खसेर घाइते हुनका साथै अङ्गभङ्गसमेत हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस