२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावहारिक शिक्षा बेरोजगार अन्त्यको आधार : अध्यक्ष तिमिल्सिना

अ+ अ-

गलकोट । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यार्थीका इच्छाअनुसारको व्यावहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमास्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै तिमिल्सिनाले बालबालिकालाई करकापमा होइन इच्छाअनुसारको व्यावहारिक शिक्षा प्रदान गर्न सकेमात्र भोलिका दिनमा स्वरोजगार बन्न सक्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले शिक्षालाई रोजगार, उद्यमशीलतालगायतका विषयमा जोड्न सकेमा माक्र शिक्षा आर्जन गरेको व्यत्ति खाली हात बस्न नपर्ने बताए । ‘अहिलेको सरकारले व्यावहारिक शिक्षामा जोड दिएको छ’, उनले भने, ‘व्यावहारिक शिक्षसँग जोडेर अध्यापन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिने नीतिमै व्यवस्था गर्नेछौँ ।’

अध्यक्ष तिमिल्सिनाले नीति निर्माणसँगै बागलुङ जिल्लाको समग्र विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए। समृद्ध नेपाल निर्माणका आधार आजका बालबालिका भएको भन्दै उनले शिक्षा आर्जनपछि विदेश जाने परिपाटी अन्त्यका लागि सरकार संवेदनशील रहेको बताए ।

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले यही वैशाख ३१ गतेदेखि सञ्चालित शैक्षिक महोत्सव जेठ ४ गतेसम्म चल्ने विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि करीब रु डेढ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्यका साथ शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।

शैक्षिक महोत्सवमा सङ्कलन भएको रकमले विद्यालयको भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतका आधारभूत आवश्यकता परिपूतिका लागि खर्चने विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस