सार्वजनिक संस्थान सुदृढ बनाउन मन्त्री विष्टको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक संस्थान सुदृढ बनाउन मन्त्री विष्टको निर्देशन


प्रशासन संवाददाता

२ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्।

मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराए।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३०औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराएका थिए।

मन्त्री विष्टले कर्मचारीहरुको तलबसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस