एसिया कप ह्वील चेयर क्रिकेट : नेपाल दोस्रो खेलमा पनि पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एसिया कप ह्वील चेयर क्रिकेट : नेपाल दोस्रो खेलमा पनि पराजित


प्रशासन संवाददाता

२ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । एसिया कप ह्‍वील चियर ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित नेपाल बिहिबार भएको दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा १ सय ४८ रन बनाएको थियो । नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउनले क्रममा बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलादेशलाई जित दिलाउने क्रममा मोहमद रिपोन उडिनले अर्धशतकीय पारी खेले । उनले ५० रन बनाउन सफल भए । यस्तै, जाबेद अहमेदले ३८ रनको योगदान दिँदा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेपालकालागि कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले समान एक-एक विकेट लिए । यसअघि ब्याटिङतर्फ घरेलु टोली नेपालका लागि होमनाथ राईले ३६ रनको योगदान गरे । यस्तै कप्तान दिगम चेम्जोङले ३५ रन बनाउँदा डम्बर मगरले १९ र विष्णु पुकार श्रेष्ठले १६ रन जोडे ।

बलिङतर्फ बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए । यो हारसँगै नेपालले फाइनल पुग्ने सम्भावना कमजोर बनाएको छ । अव नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस