लिचीको उत्पादन कम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लिचीको उत्पादन कम


प्रशासन संवाददाता

१ जेष्ठ २०७६, बुधबार


सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष रु ५०/६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् ।

विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा भेटिने लिची यस वर्ष सीमित मात्रै भेटिने गरेकाले व्यापारी आफूखुशी ढङ्गले मूल्य लिने गरेको उपभोक्ताले गुनासोसमेत गर्न थालेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत पनि लिचीको उत्पादन नभएकाले प्रारम्भमै लिचीको मूल्य चुलिएको भनाइ कृषि विकास कार्यालयको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस