अख्तियारद्धारा भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्धारा भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

३१ बैशाख २०७६, मंगलबार


अख्तियार

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ ।

तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विक र तामेलदार प्राणनाथ कसजुले गलत कार्य गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

मोहीको लगतसम्बन्धी अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरी भ्रष्टाचार गरेको र नक्कली मोही बनी बाँडफाँटका लागि निवेदन दिने नागेश्वर राउत कुर्मीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस