८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

अ+ अ-

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यापार गर्न नभई जनतालाई सेवा दिन प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्न लागेको बताएका छन् ।

प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझाव लिन आज यहाँ आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले प्रदेश बस सेवा सञ्चालनमा सहयोग पुर्‍याउन सरोकारवालासँग आग्रह गरे ।

नयाँ काम शुरु गर्नुअघि केही जटिलता हुनु अस्वाभाविक नभएको भन्दै उनले बस सेवा सञ्चालन पूर्व प्रदेशका सडक, हाल सञ्चालनमा रहेका यातायातको समग्र अवस्था, सामाजिक र आर्थिक पाटोलाई समेत गम्भीर रुपमा अध्ययन विश्लेषण गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘एकल, प्राधिकरण वा साझेदारी जुनसुकै ढाँचामा भए पनि बस सेवा शुरु गर्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बस सञ्चालनको विधि प्रक्रियालगायत विषयमा स्पष्ट हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बस सेवा सञ्चालनका लागि आवश्यक तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन, वातारवरणमन्त्री माया भट्ट, प्रमुख सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सञ्चारकर्मी लगायतले पनि आफ्नो सुझाव दिएका थिए ।

प्रादेशिक बस सेवा सञ्चालनका लागि हाल अध्ययन गरिरहेको ग्रिड कन्सल्टेन्सी प्रा लिका टोलीप्रमुख डा प्रदीपकुमार श्रेष्ठले अध्ययन कार्यबारे जानकारी दिए । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश बस सेवा सञ्चालनका लागि रु २० करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस