२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

अ+ अ-

गुल्मी । गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो ।

सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताए ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताए ।

उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् । नयाँ शैक्षिकसत्रसँगै उक्त गाउँपालिकाले गाउँगाउँमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर भए/नभएको तथ्याङ्क सङ्कलन गरेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।

गाउँपालिकाका विद्यालय उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन शिक्षा समिति र गाउँपालिकाभित्रका प्रधानाध्यापकको बैठक बसेको थियो । बैठकले भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि मात्र अभियान सञ्चालन गरिएको स्रोत व्यक्ति वामदेव ज्ञवालीले बताए ।

गाउँगाउँमा अभियान सञ्चालन गर्दा विद्यालयमा नियमित नआउने तथा पढ्दापढ्दै बीचमै विद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालय नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिए ।

अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बीचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा उक्त गाउँपालिकाले झण्डै रू एक करोड शिक्षा क्षेत्रमा खर्च गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस