३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको पाँच तारे होटलमा आक्रमण

अ+ अ-

एजेन्सी । पाकिस्तानको पाँचतारे होटलमा आक्रमण भएको छ । बलूचिस्तान प्रान्तको ग्वादर शहरको पाँच तारे पर्ल कन्टिनेन्टल होटलमा बन्दुकधारीले हमला गरेको पाकिस्तानी अधिकारीले बताएका छन् ।

रमजान र छुट्टीका कारण होटलमा कोही पाहुना थिएनन् र कर्मचारी पनि कम भएको बेला हमला भएको एक प्रवक्ताले बताएका छन् । तीन बन्दुकधारीले गरेको यो हमलामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

बलूचिस्तान लिबरेशन आर्मी (बिएलए) ले हमलाको जिम्मेवारी लिँदै चीन र विदेशी लगानीकर्तालाई निशाना बनाउनका लागि हमला गरिएको जानकारी दिए । समूहसँग सम्बन्धित दाबी गर्ने एक ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमाथि थप हमला हुने चेतावनी दिइएको छ ।

बलोचिस्तानमा उक्त स्थानीय संगठन चीनियाँ लगानीकर्ताको विरोध गर्छ । होटलभित्र अहिले पनि केही कर्मचारी हुनसक्ने अनुमान गरिएको छ । यसअघि आएको रिपोर्टमा होटललाई खाली गरिएको बताइएको थियो ।

बन्दुकधारीले स्थानीय समयानुसार बेलुका ४ बजेर ५० मिनेटरमा होटलमा हमला गरे । एक सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई छेक्ने कोसिस गर्दा उनको हत्या गरियो ।

रिपोर्टका अनुसार बन्दुकधारी अहिले पनि होटल भित्रै छन् र सुरक्षाकर्मी उनीहरुसँग लडिरहेका छन् । हमलाका बेला होटलमा कति मानिस थिए भनेर स्पष्ट जानकारी छैन । यो होटल अरब सागरको किनाराको एउटा चट्टानमा छ र यसको अर्कोतर्फ ग्वादर बन्दरगाह छ ।

बलूचिस्तानका गृहमन्त्री मिर जियाउल्लाहले पुलिस, फ्रन्टियर कोर र अन्य सुरक्षा एजेन्सीले होटललाई घेरेको जानकारी दिए ।

उनीहरुको दाबी अनुसार होटलमा हमलाका बेला कुनै पनि विदेशी नागरिक थिएनन् । उनका अनुसार बलूचिस्तानमा आत्मघाती हमला घुसेको रिपोर्ट थियो तर ग्वादरमा यस्तो कुनै हमला भएको छैन ।

ग्वादरमा गत महिनामात्रै चरमपन्थीले ११ सुरक्षाकर्मीसमेत १४ जनाको हत्या गरेको थियो ।

उक्त इलाकामा विभिन्न चरमपन्थी संगठन सक्रिय छन् जसमा पाकिस्तानी तालिबान, बलूचिस्तान लिबरेशन आर्मी र सुन्नी मुश्लिम चरमपन्थी संगठन लश्कर–ए–झांग्वी समावेश छन् । ग्वादर, चीन र पाकिस्तानबीच इकोनोमिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका थुप्रै इन्जिनियर र अन्य कर्मचारीको उपस्थिती छ ।

प्रतिक्रिया दिनुहोस