एस्ट्रोनोमी ओलम्पियाड २०१९ को नतिजा प्रकाशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एस्ट्रोनोमी ओलम्पियाड २०१९ को नतिजा प्रकाशन


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले छैटौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ ।

यस वर्ष कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको लागि सञ्चालन गरिएको जुनियर विधामा प्रदेश १, २, ३, ५ र कर्णालीमा १४ विद्यालयका १४ विद्यार्र्थी बन्द शिविर (अन्तिम चरण) को लागि छनोट भएका छन् । यसैगरी कक्षा ११ र १२ वा सोसरह अध्ययनरत प्रदेश १, २, ३, गण्डकी, ५ र सुदूरपश्चिममा २० विद्यालयका २९ विद्यार्थी बन्द शिविरको लागि छनोट भएका छन् ।

बन्द शिविर जेठ ११ देखि १७ गते सम्म काठमाडौँको वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा सञ्चालन गरिनेछ । बन्द शिविरमा छनोट भएका विद्यार्थीलाई खगोल विज्ञानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिनेछ । बन्द शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

नतिजा तथा कार्यक्रमसम्बन्धी थप जानकारीका लागि सोसाइटीको बेवसाइट www.nepalastronomicalsociety.org/olympiad मा हेर्न सकिने जनाइएको छ । २०७५ चैत ९ गतेदेखि २०७६ वैशाख २ गतेसम्म सञ्चालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस