अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


वासिङ्टन, २७ बैशाख ९० – संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताए ।

सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो ।रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस