२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

अ+ अ-

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ ।

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

भ्रमणका क्रममा टोलीले सिक्किम राज्यका ग्रामीण विकास विभाग निर्देशक विशाल राईसँग अन्तरक्रिया गर्‍यो । राईले टेवानसँग भोलिका दिन सहकार्य गरेर दुई देशका नागरिकबीच पर्यटन प्रवर्द्धनात्मक तालीम तथा ‘एक्स्पोजर भिजिट’का कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानको स्थापनादेखि नै पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस भ्रमणले दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

भ्रमण टोलीले भारतको पेलिङस्थित चेरी भिलेज होमस्टेका सञ्चालक सुशील तामाङसँग पनि अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा तामाङले २० वर्ष अगाडि अति नै दयनीय अवस्थामा रहेको यस ठाउँमा हेमस्टे सञ्चालनसँगै धेरै कुरामा परिवर्तन तथा विकास भएको जानकारी गराए ।

गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाए । होमस्टे सञ्चालकले मात्र होइन, कुखुरापालक, बाख्रापालक तथा खेतीपाती उब्जाउ गर्ने किसानले पनि राम्रो आम्दानी गर्न सक्ने तामाङले बताए ।

आफूले धेरै पटक नेपालको भ्रमण गरेको जानकारी गराउँदै तामाङले पर्यटनमा नेपालको धेरै सम्भावना रहेको उल्लेख गरे । संस्थाका महासचिव तथा कार्यक्रम संयोजक कमला गिरीले पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिसँग गरिएको अन्तरक्रिया फलदायी भएको बताए ।

भ्रमणका क्रममा अन्तरक्रिया एवं छलफलका साथै सिक्किमस्थित चारधामलगायत विभिन्न स्थान र दार्जलिङको चिया बगान आदिको स्थलगत अवलोकन गरिएको टेवानका उपाध्यक्ष रेनु थापाले जानकारी दिए । भ्रमण टोली हिजो पोखरा फर्किएको छ ।रासस

प्रतिक्रिया दिनुहोस