३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार : कमजोर नैतिक शिक्षाको धरातल

अ+ अ-

वैशाख महिनाको आगमनसँगै विद्यार्थी वर्गका माझ शैक्षिक सत्रको सुरुवातको रमझम चलिरहेको हुन्छ । वैशाख लाग्ना साथ, बहिनीका नयाँ किताब घर आउन थाले । कक्षा सातमा पुगेकी बहिनीले आफ्ना नयाँ किताबहरूमा गाता लाउँदै गर्दा म मेरा स्कुलका दिनहरू सम्झिन थाले । बहिनीले घरमा ल्याएका नयाँ पुस्तकमा गाता लाउँदै थिई, म भने छेउमा बसेर उसका किताबहरू हेर्न थाले । उसका नयाँ शैक्षिक सत्रका किताबहरू कस्ता रहेछन् त ? छेउमै बसेर म किताबहरू पल्टाउन थाले ।

गणित, विज्ञान, नेपाली, अङ्ग्रेजी म हेर्दै गए । अरू किताबहरूका माझमा मेरो आँखा ‘नैतिक शिक्षाको’ किताबमा पर्‍यो । म त्यो किताबका पानाहरू पल्टाउँदै गए । किताबमा एउटा पाठ रहेछ, ‘नैतिक दायित्व’। त्यस पाठमा व्यक्तिगत भन्दा सामूहिक हितलाई जोड दिनु मानिसको सामाजिक कर्तव्य हो भन्ने कुरा लेखिएको रहेछ । त्यो हेर्दा हेर्दै, मनमा अनेक कुरा चल्न थाले, र त्यस मध्ये एउटा चलिरहेको प्रश्न थियो, ‘पढ्ने के–का लागि ?’

‘पढ्ने के–का लागि ?’ भन्ने प्रश्न गर्दा, ‘राम्रो जागिर खाएर राम्रो पैसा कमाउनको लागि’ भन्ने धेरै विद्यार्थीहरुको उत्तर हुने गरेको छ । ज्ञान आर्जन गर्ने बेलामा पैसा कमाउने कुरामा बढी जोड दिँदा विद्यार्थीमा जसरी भए पनि धेरै भन्दा धेरै पैसा कमाऊ भन्ने मानसिकता जागृत भएर आउँछ । के धन कमाउनु नै शिक्षाको मूल सार हो त ? आम विद्दार्थीलाई शिक्षा लिनु भनेको, भोलि गएर पैसा कमाउनु हो भन्ने बोध हुन थालेको छ ।

सफलता भनेको नै ‘आर्थिक सम्वृद्धि’ हो भन्ने मानसिकता जनमानसमा व्याप्त छ । यो मानसिकतालाई जरै बाट उखेल्न निकै जरुरी छ । विद्यार्थीले जे पढ्छन्, त्यसले उनीहरू सँगसँगै अरूको जीवन परिवर्तन गर्न सक्नु पर्छ । के यसकै लागि हैन र हामीले आफ्नो विद्यार्थी जीवनमा यति धेरै समय लगानी गरेको ? शिक्षा धन प्राप्तिको साधन होइन । शिक्षा भनेको जीवन जिउने कला सिकाउने माध्यम हो ।

राम्रो जागिर खानु र आर्थिक सम्बृद्धि प्राप्त गर्नुलाई सफलताको मापक मान्ने हाम्रो ग्रसित मानसिकताका कारण भ्रष्टाचारलाई बढवा पुगेको छ । समाजले सम्पत्तिको श्रोतलाई भन्दा सम्पत्तिको स्वरूपलाई बढी प्राथमिकता दिनुले हाम्रो नैतिक शिक्षाको धरातललाई कमजोर बनाएको छ ।

झट्ट सोच्दा, एउटा सामान्य मानिसले भ्रष्टाचार भनेको कुनै कर्मचारीले अनैतिक रूपमा वा प्रलोभनमा परेर लिएको पैसा अथवा मालसामान भनेर बुझ्दछ । हाम्रो समाजले भ्रष्टाचारप्रति लिएको सोच सीमित छ । तर भ्रष्टाचार शब्दको दायरा मात्र हेर्ने हो भने पनि यो निकै व्यापक देखिन्छ । भ्रष्टाचार अर्थात्, भ्रष्ट भएको आचार । दार्शनिक चाणक्यले सरकारी कर्मचारीमा ज्ञान र सीपको कमी, आलस्यता, रिस, डर, लोभ र, शक्ति एवं पदको दुरुपयोग भ्रष्टाचारका स्रोत हुन् भनेर औंलाएका छन् । पहिलाको समयमा र अहिलेको समयमा देखिने फरक कुरा भनेको चाहिँ, पहिलेको समयमा ‘भ्रष्टलाई’ अपराधीको रूपमा हेरिन्थ्यो भने, अहिलेको सयमामा भ्रष्टाचारलाई समाजमा मान र प्रतिष्ठासँग जोडिन्छ । भ्रष्टाचार ‘फेसन’ को रूपमा देखा पर्न थालेको छ ।

त्यसैले अकुत सम्पत्ति कमाउने मात्र होइन, आफ्नो कर्तव्य पूरा नगर्नु र कसैले गलत गरेको जान्दा जान्दै पनि आवाज नउठाउनु, मौन बस्नु पनि भ्रष्टाचारको एउटा रूप हो ।

वर्तमान अवस्थाकै कुरा गरौँ । भ्रष्टाचारका धेरै मुद्दा हामी सामु छन् । जसमा १०० रुपैयाँको घुस देखी वाईडबडि र एनसेल प्रकरण सम्म सामेल छन् । ‘ट्रान्सपरेन्सी ईन्टरनेशनल’, एउटा अन्तर्राष्ट्रिय समुदाय जसको मूल उद्देश्य विश्वव्यापी रूपमा भ्रष्टाचार निवारण रहेको छ, त्यसले निकालेको तथ्याङ्क अनुसार संसारका कुल १७५ राष्ट्रहरू मध्ये, भ्रष्टाचार हुने देशहरूको सुचीमा हाम्रो देश सन् २००८ मा १२१ औँ स्थानमा, सन् २०११ मा १५४औँ स्थानमा करिब करिब अन्त्यतिर । त्यसैगरि सन् २०१४ मा १२६औँ स्थानमा, २०१६ मा १३०औँ स्थान र हालको अवस्था कुल १८० राष्ट्रहरू मध्ये हामी १२४औँ स्थानमा छौ । तर यति भनिरहँदा हामी माझ एउटा प्रश्न खडा हुन्छ कि भ्रष्टाचारको सुरुवात कहाँबाट हुन्छ वा भइरहेको छ ? जो व्यक्ति आज भ्रष्टाचार गरेको ठहरिई कानुनको कठघरामा उभिएको छ, उसले भ्रष्टाचार किन गर्‍यो ? यी दुवै प्रश्नको जवाफमा भ्रष्टाचार निर्मूल पार्ने उपाय पनि भेट्न सकिन्छ ।

तर हामीले के कुरा बुझ्न जरुरी छ भने, कहीँ न कतै, हामी सबै जना चुकी रहेका छौँ । तथ्याङ्कलाई हेर्ने हो भने नेपालको अवस्था दयनीय छ । तर तथ्याङ्कले मात्र सबै यथार्थ बोकेको हुँदैन । जो व्यक्तिले अख्तियारको दुरुपयोग गर्छन्, ती व्यक्ति हाम्रै समाजका उत्पादन हुन् । हामी सँगै सङ्गत गरेका, हाम्रै आफन्त, दाजुभाइ-दिदीबहिनी हुन् । अब प्रश्न उठ्छ कि समस्या कहाँ छ त ? यदि सूक्ष्म रूपमा हेर्ने हो भने, हाम्रो देशमा भ्रष्टाचारको केही कारण यहाँ पाउन सकिन्छ ।

१. कमजोर नैतिक शिक्षाको धरातल
हाम्रो समाजमा प्राथमिक शिक्षा प्राप्त गर्ने पाठशाला भनेको घर र परिवार हुन् । त्यसपछि आउँछ विद्दालय । यी दुवैको, मानिसको जीवनमा ठुलो महत्त्व रहेको हुन्छ । विडम्बना त के भयो भने, हामी किताबी ज्ञानमा मात्र सीमित हुन पुग्यौँ । शिक्षा भनेको किताब मात्र होइन तर हामी आजभोलि बच्चा-बच्चीलाई जाँचमा बढी भन्दा बढी अकं प्राप्त गर्न प्रोत्साहन गर्छौ, भविष्यमा बढी भन्दा बढी धन सम्पत्ति कमाउन प्रेरित गर्छौ । भविष्यमा आफ्नो समाजको र देशको सेवा गर्नु पर्छ भन्ने कुराको बोध धेरै कमलाई मात्र गराउँछौ । यसले देशको सेवा र लोक कल्याणकारी कार्यमा बच्चाहरूको मन जानुको सट्टा सम्पत्ति ‘केन्द्रित’ भावना पैदा गर्ने काम गर्छ । यस्तो शिक्षण सिकाई ले सानै देखि बच्चाहरूमा भौतिक वस्तुहरू प्रति लगाव सृजना गराउँछ र जस्तोसुकै अनैतिक कार्य गरेर भए पनि बढी भन्दा बढी सम पत्ति आर्जन गर्नमा ऊ अग्रसर हुन्छ । नैतिक शिक्षालाई दैनिक जीवनमा प्रयोग नगरेसम्म, भ्रष्टाचारको न्युनिकरण असम्भव छ ।

२. सरकारी(निजामती) सेवालाई जागिर खाने मेलोमा मात्र सीमित गराईनु
सरकारी सेवामा निजामती कर्मचारीलाई ‘लोक सेवा आयोग’ ले नियुक्त गर्छ । ‘लोक सेवा’ अर्थात्, जनसमुदायको सेवा । कर्मचारी नियुक्त गर्ने आयोगको नाम नै उसको कर्मसँग जोडिएको छ । नेपाली समाजमा निजामती सेवालाई उच्च स्थानमा राखेर हेर्ने गरिन्छ । निजामती सेवालाई उच्च स्थानमा राखेर हेरिनु एउटा सकारात्मक पक्ष हो । तर अधिकांश मानिसले सरकारी सेवालाई सुविधा र पेनशन पाउने आधारमा मात्र सीमित राखेको पाइन्छ । सरकारी कर्मचारीले निजामती सेवालाई कमाई खाने भाँडो भन्दा पनि समाजलाई सही बाटोमा डोर्‍याउने अवसरको रूपमा लिनु पर्छ । सरकारी सेवामा विलासी जीवनको आसमा नभई, समाजमा रहेका विकृति र विसङ्गति प्रति आवाज उठाउँछु र आफ्नो कर्मप्रति ईमान्दार रहन्छु भन्ने सोच राखेर प्रवेश गर्न जरुरी छ । विशेष गरी सरकारी सेवामा खटिएका अभिभावकले आफ्ना बच्चा बच्चीलाई पेनशनको लोभमा नभई, देशलाई सेवा गर्नु धर्म हो भन्ने कुराको बोध गराएर सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्नु पर्छ ।

३. भड्किलो जीवन शैली, सामाजिक दृष्टिकोण र शालीन जीवन
हाम्रो समाजका अधिकांश मानिस भौतिकवादतर्फ उन्मुख भइरहेका छन् । समाजमा एउटा नकारात्मक प्रतिस्पर्धा गर्ने प्रवृत्तिको सिर्जना भएको छ । हामी यस्तो समाजमा बस्छौ, अथवा भनौ हामीले यस्तो समाजको निर्माण गरेका छौँ, जहाँ मानिसको इमान्दारिता होइन, चिल्ला गाडी र ठुला महल महत्त्वपूर्ण भएका छन् । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने व्यक्तिलाई हामी मन मनै भए पनि स्याबासी दिन्छौ । कोही आफन्त सरकारी जागिर खाएर शालीन जीवन बिताउँछ भने ‘कस्तो केही पनि गर्न नसकेको होला’ भन्ने सोच्छौ । नैतिकतामा बस्ने मानिसलाई चाहिँ हामी ‘बिचरा’ भनेर सम्बोधन गर्छौ ।

सामान्य जीवन बिताउने व्यक्तिलाई धेरै जसो ‘झोले’ भनेर संज्ञा दिन्छौँ । धनी व्यक्ति मात्र सफल हो भन्ने मानसिकता जनमानसमा सर्वत्र देखिन्छ । तर शालिनतामा जुन सुन्दरता छ, त्यो भड्किलो जीवनशैलीमा कहाँ भेटिन्छ र ? आजभोलि देखिएको भड्किलो जीवनशैली पनि भ्रष्टाचार मौलाउनुको आधार बन्न पुगेको छ । हाम्रो टोल–समाजमा भड्किलो जीवनशैली अपनाउने व्यक्तिहरूलाई ठुला र मान्य व्यक्तिका रूपमा गणना गरिन्छ । आलिशान महल र महँगा मोटर, सम्पत्ति प्रदर्शनका माध्यम बनेका छन् । तडक भडकसँग गरगहनाले सजिनुलाई आफ्नो इज्जतसँग जोडिन थालिएको छ । भड्किलो भोज र पार्टीले नयाँ फेशनको रूप लिएको छ । शालीन जीवन जिउने मानिस सत्यको मार्गमा हिँड्न रुचाउँछन् । उसलाई न कसैको डर हुन्छ, न कसैको चिन्ता । त्यसैले एक व्यक्ति मात्र नभई पुरै परिवार र समाजले सदाचार अपनाई शालीन जीवनशैली जिउन प्रण गर्नु पर्छ ।

यदि जापान र फिनल्यान्डको उदाहरण लिने हो भने, त्यहाँको शिक्षा व्यवस्थाले विद्दार्थीलाई, कक्षाकोठा भित्र पाठ्यक्रममा मात्र सीमित नराखी, नैतिक र व्यवहारिक शिक्षालाई बढी प्राथमिकता दिइएको पाइन्छ । जापानमा त झन् विद्दार्थीलाई आफ्नो कक्षा कोठा आफैँ सफा गर्न, लन्चका बेला खाना पस्कन, सबैलाई सम्मान गर्न, प्रकृति र जनावरलाई माया गर्न सिकाइन्छ । सँगसँगै उनीहरूलाई मिहिनेत र अरूको भावनाको कदर गर्न सिकाइन्छ ।

फिनल्यान्डमा भने जाँचमा बढी भन्दा बढी अकं प्राप्त गर्नु भन्दा विद्दार्थीलाई समस्याको समाधान गर्न र जीवनोपयोगी सीप सिकाउन बढी प्राथमिकता दिइन्छ । जुन राष्ट्रले शिक्षा नीतिमा जानकारीमूलक भन्दा पनि व्यवहारिक र नैतिक शिक्षाको पद्धतिलाई प्राथमिकता दिएको हुन्छ, त्यस्ता देशमा भ्रष्टाचार सँगै अरू सामाजिक अपराध कम हुने गरेको पाइन्छ । फिनल्यान्ड दुनियाँको सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा तेस्रो स्थानमा छ भने जापान १८औँ स्थानमा पर्छ । मानिसको सोच नै हो जसले उसको व्यवहार निर्माण वा निर्धारण गर्छ । सानै बाट असल व्यवहार, विवेक र नैतिकता सिकाइएको मानिसले उसको सामाजिक कर्तव्य र दायित्व निभाउँछ ।

कानुनमा भ्रष्टाचारको लागि विभिन्न खालका सजायको व्यवस्था गरिएको छ । तर भ्रष्टाचार गर्नु एउटा सामाजिक अपराध हो र त्यसैले केही वर्षको जेल सजायले मात्र सजायको पर्याप्त देखिँदैन । एउटा भ्रष्टाचारीले सिङ्गो देशलाई नै घात पुर्याईरहेको हुन्छ । भ्रष्टाचार भएको थाहा पाएपछि मात्र केही कदम चालिनु गलत परिपाटी हो । भ्रष्टाचार नियन्त्रण गर्न सजाय मात्र नभई भ्रष्टाचार हुनै नदिने कदम चालिनु पर्छ । धन भन्दा पनि इमान र इमान भन्दा पनि देश ठुलो हो भन्ने कुरा हामीले भुल्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस