२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न घटनामा संलग्न ६८६ जना पक्राउ

अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ६८६ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका अनुसार एक वर्षको अवधिमा विभिन्न घटनामा संलग्न ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ठगी कसुरमा १२५, चोरी कसुरमा ६८, सार्वजनिक अपराधमा ८९, विद्युतीय कारोवार ऐनमा ९३, सार्वजनिक हितमा ८५, बैङ्किङ कसुरमा ५२, लिखत कसुरमा ३८, ज्यानसम्बन्धी कसुरमा १७ र अध्यागमन ऐनमा ११ जना रहेका छन् । यस्तै महाशाखाले राहदानी, मानव बेचविखन, ज्यान मार्ने, लागुऔषध, राजश्व छली र जुवा ऐनमा समेत विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाले एक वर्षमा ४४८ मुद्दा दर्ता गरेको जनाएको छ । महाशाखाका प्रमुख सिंहले आफ्नो एकवर्षे कार्यकालमा प्रहरी कर्मचारीको मनोवल उच्च राखेको बताए । ‘अनुसन्धान र अपराध नियन्त्रणमा ९८ प्रतिशत सफल अनुसन्धान गरेका छौँ’,उनले भने । आफ्नो कार्यकालमा पूर्वराजदूत केशव झाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको उनले स्वीकार गरे । अनुसन्धानमा कानून बमोजिम कठोर रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।

महाशाखाले एक वर्षमा डाँका गरी लुटपाट गर्ने व्यक्तिलाई पक्राउ, एनसेल कार्यालयमा बम विष्पोट घटनामा संलग्न व्यक्तिलाई पक्राउ, रोहन गुरुङको घरमा बम विष्फोट गर्ने व्यक्तिलाई पक्राउ, गुण्डागर्दीमा संलग्न राजु गोर्खालीलाई पक्राउ र सट्टेबाजीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस