दिशा र दूरी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

दिशा र दूरी


ललित कुमार बस्नेत

२५ बैशाख २०७६, बुधबार


यस पाठको लागि केही जानकारीहरु :

चारवटा दिशालाई निम्न अनुसार देखाउन सकिन्छ :

आठवटा दिशालाई निम्न अनुसार देखाउन सकिन्छ :

Left Turn or Right Turn:

धेरै जसो प्रश्नहरुमा दायाँ वा बायाँ फर्कने प्रसंग हुन्छ । बायाँ फर्कने भनेको बेला Anti clock Wise (घडीको सुईरो घुम्ने दिशाको विपरित) र दायाँ फर्कने भनेको बेला Clock Wise Turn (घडीको सुईको घुम्ने दिशातिर) हुन्छ भन्ने बुझ्नुपर्छ । दायाँ, बायाँ घुम्दा 45°, 90°, 180° आदिले घुम्छ भन्न सक्छ, त्यस्तो नभनेको बेला सामान्यतया 90° हुन्छ भनेर बुझ्नुपर्छ ।

 पार गरेको दुरी वा दुई विन्दुबीचको सबलभन्दा छोटो दुरी निकाल्न पाइथागोरसको सुत्र प्रयोग गर्नुपर्दछ ।

छायाँसम्बन्धी जानकारीहरु :

 सुर्योदय (Sun rise) मा पूर्व फर्किएर उभिएको मानिसको छायाँ पश्चिम जान्छ ।
 सूर्यास्त (Sunset) मा कुनै वस्तुको छायाँ पूर्वतर्फ जान्छ ।
 उत्तर मुख फर्काएर उभिएको मानिसको छायाँ सुर्योदयमा उसको बायाँतर्फ र सूर्यास्तमा उसको दायाँतर्फ जान्छ ।
 दक्षिणमुख फर्काएर उभिएको मानिसको छायाँ सुर्योदयमा उसको दायाँतर्फ र सुर्यास्तमा उसको बायाँतर्फ जान्छ ।
 दिउँसो12:00 बजे सूर्यको किरण सिधैं जमिनतर्फ (Vertically downward) हुने हुनाले छायाँ बन्दैन ।

Examples
1. जनक आफ्नो घरबाट पूर्वतर्फ सिधा 4km हिड्छ अनि बायाँ फर्केर सीधा ३ km हिड्छ भने ऊ घरबाट कति टाढा र कुन दिशामा छ ?

Model Practice Questions: Direction and distance

१. हरि घरबाट ४ कि.मी. पूर्वतर्फ गई दायाँ घुमी ३ कि.मी. अगाडि बढ्यो भने उ घरबाट कति टाढा र कुन दिशामा छ ?

A) 7 km NE   B) 5 km NE   C) 7 km SE                          D) 5 km SE

२. एउटा केटा उत्तरतर्फ अगाडि बढी पश्चिम तर्फ फर्केर १ कि.मी. अगाडि बढ्यो र फेरि बायाँ फर्केर २ कि.मी. अगाडि बढ्यो । यतिखेर उसले आफूलाई शुरुको विन्दुको १ कि.मी. पश्चिमको विन्दुबाट १ कि.मी. उत्तरतर्फ पायो भने सुरुको विन्दुबाट उसले कति कि.मी. उत्तर तर्फको यात्रा गरेछ ?

A) 08:30   B) 09:00                            C) 09:30                               D) 10:00

३. कुनै निश्चित ठाँउबाट हरिबहादुर बिहान ०७:००  बजे पाँच (५) कि.मि. प्रति घण्टाको गतिमा पूर्व दिशामा हिड्न शुरु गरेछन् । त्यहि नै ठाँउबाट उहि दिशामा मदन बहादुर बिहान ०८:00 बजे दश (१०) कि.मि. प्रति घण्टाको गतिमा हिड्न शुरु गरेछन् भने, हरिबहादुर र मदन बहादुरको भेट कति वजे हुन्छ?

A) 08:30   B) 09:00                            C) 09:30                               D) 10:00

४. ‘M र N’ को घरहरु उत्तर–दक्षिण गएको बाटोमा आमुने सामुने छन् । ‘M’ को घर पश्चिम दिशामा छ ।’M’ घरबाट निस्केर बाँया फर्केर ६ कि.मि.हिड्छ र त्यसपछि उ दाँया फर्केर अगाडि ८  कि.मि.हिड्दा ‘Q’ को घर सामुने अगाडि पुग्छ ।’M’ ले जस्तै ठीक उस्तै ‘N’ ले गर्छ र त्यसपछि’P’ को घर सामुने अगाडि पुग्छ । यसै आधारमा निम्न कथनहरु मध्ये कुन कथन सही होइन ? छान्नुहोस । 

A)P र Q को घरहरुको दुरी २० कि.मि.भन्दा कम छैन् ।
B) को घर Q को घर देखि दक्षिण–पश्चिम दिशामा पर्छ ।
C) M र P को घरहरुको दुरी १० कि.मि. भन्दा बढी छ ।
D) Q को घर N को घर देखि उत्तर–पूर्व दिशामा पर्छ ।

५. कुनै मानिस पश्चिम फर्केको छ । ऊ दायाँतिर ४५ डिग्री घुम्छ र एकछिनपछि पहिलेकै दिशामा १८० डिग्री घुम्छ तर केहीबेरपछि बायाँतिर २७० डिग्री घुम्छ भने अहिले ऊ कुन दिशातिर फर्केको होला ?

A) South     B) North -West      C) West                               D South – West

६. कुनै दिन रमेशले घरबाट निस्केर दक्षिणतर्फ सीधा १० कि.मी.साइकल चलायो र दायाँ फर्केर पुन ५ कि.मी. सीधा साइकल चलायो र पुन दायाँ फर्केर सीधा १० कि.मी. साइकल चलायो र त्यसपछि बायाँ फर्केर सीधा १० कि.मी. साइकल चलायो भने ऊ घरदेखि कति कुन दिशामा र कति टाढा छ ?

A) 20 km  North                        B) 15 km West                      C) 20 km West                     D 15 km South

७. शान्त घरबाट निस्केर १० कि.मी. उत्तरतर्फ हिड्छ । त्यहाँबाट फेरी दक्षिण तर्फ ६ कि.मी. हिड्छ र त्यसपछि पूर्वतर्फ ३ कि.मी. हिड्छ । अव भन्नुहोस ऊ शुरु विन्दुबाट कति टाढा र कुन दिशामा छ ?

A) 7 km West B) 7 km East                        C) 5 km West                      D 5 km North-East

८. रमेश उत्तरतर्फ ३ कि.मी. हिड्छ र त्यसपछि बायाँ फर्केर २ कि.मी. हिड्छ । फेरि बायाँ फर्केर ३ कि.मी. हिड्छ र यो विन्दुबाट बायाँ फर्कन्छ र पुन ३ कि.मी. हिड्छ भने ऊ प्रस्थान विन्दुबाट कति कि.मी. टाढा छ ?

A) 1 km        B) 2 km                               C) 3 km                               D 5 km

९. प्रदिप पूर्वतर्फ ३० मिटर हिड्छ र दायाँ फर्केर ४० मिटर हिड्छ । त्यसपछि बायाँ फर्कन्छ र ३० मिटर हिड्छ भने ऊ प्रस्थान विन्दुबाट कुन दिशामा छ ?

A) South       B) North –East                      C) East                                D) South – East

१०. क र ख २०० मिटर टाढाको विन्दुहरुबाट एक आपसमा भेट्न भनी अघि बढ्दै छन् । ६० मिटर हिडिसकेपछि ख बायाँ फर्कन्छ र २० मिटर सीधा अघि बढ्छ र त्यसपछि दायाँ फर्केर ४० मिटर सीधा अघि बढ्छ । ऊ पुन दायाँ फर्केर शुरुमा यात्रा गरेकै सडमा आइपुग्छ । यदि क र ख एउटै वेगले हिड्छन् भने यस अवस्थामा उनीहरु बीचको दुरी कति होला ?

A) 20 m                   B) 30 m                     C) 40 m                               D 50 m

११. A,B,C र D क्यारामवोर्ड खेलिरहेका छन् । A र C तथा B र D पार्टनर हुन् । D खेलाडि C को दायाँतिर छ जवकी C पश्चिम फर्केको छ । अव भन्नोस B कुन दिशामा फर्केको होला ?

A) South                     B) North                    C) East                                D  West

१२. A, B, C, D तास खेल्दै छन् । A र दB पार्टनर हुन् । D उत्तरतर्फ फर्केको छ । A पश्चिम फर्केको छ भने दक्षिणतर्फ को फर्केको होला ?

a) B     b) C                c) D             d)       तथ्यांक अपर्याप्त

१३.  A, B, C, D / E  एउटा बेन्चमा बसेका छन् । D को छेउमा C बसेको छ । D बेन्चको दायाँ छेउमा बसेको छ तर उसँग E बसेका छैन । दायाँबाट दोस्रो स्थानमा C बसेको छ । A चाहिँ B र E को दायाँतर्फ बसेको छ । B र C सँगै बसेका छैनन् भने A कहाँनिर बसेको छ ?

A) बीचमा     B) बायाँ छेउमा        C) बायाँबाट दोस्रो स्थान   D) दायाँबाट चौथो स्थानमा

१४. P, Q, R, S, T, U, V, W आफ्नो क्रम अनुसार सामूहिक छलफलका लागि बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन् । तिनीहरुको दिशा घडीको सुइ घुम्ने दिशासँग मिल्छ । यदि V उत्तरमा बसेको भए R कुन दिशामा छ ?

A) दक्षिण   B) पूर्व    C) उत्तर    D)  पश्चिम

१५. P, Q, R, S, T, U, V, W आफ्नो विपरित क्रम (Reverse Order) अनुसार सामूहिक छलफलका लागि बराबर दुरीमा राउण्ड टेबलमा बसेका छन् । तिनीहरुको दिशा घडीको सुइ घुम्ने दिशासँग मिल्छ । यदि W उत्तरमा बसेको भए S कुन दिशामा छ ?

A) पूर्व    B)  दक्षिण    C) पश्चिम    D) उत्तर

१६. गोपाल आफू उभिएको ठाउँबाट ७m सिधा पूर्व गई वृत्ताकार पथमा १ फन्का घुम्दा शुरुको विन्दुबाट हाल उभिएको स्थान बीचको दुरी कति छ ?

a) 10 m                        b) 7 m                      c) 44 m         d) 14 m

१७. यदि विमला पश्चिमतर्फ ५ किलोमिटर अगाडि बढी दायाँ १० किलोमिटर अगाडि गई फेरि दायाँ ८ किलोमिटर गई फेरि दायाँ ६ किलोमिटर गइन भने उनी सुरुको विन्दुबाट कति किलोमिटर टाढा छिन् ?

a) 8                 b) 5                   c) 6           d) 4

१८. नरेन्द्र दक्षिणतिर फर्कि उभिएको छ ऊ घडी घुम्ने दिशाविपरित १८०° घुम्छ र त्यसपछि घडी घुम्ने दिशातर्फ ९०° घुम्छ भने ऊ अहिले कुन दिशातर्फ फर्केको छ ?

A) उत्तर        B)   उत्तर–पश्चिम                  C)   पूर्व–पश्चिम                     D)  पूर्व

१९. महेश सिधा उत्तरतर्फ ४० मिटर हिँडेर बायाँ फर्की २० मिटर हिँड्छ फेरि ऊ बायाँ फर्केर ४० मिटर सिधा हिँड्छ । सुरु विन्दुबाट ऊ कति टाढा छ ?

a) 30 मिटर      b) 20  मिटर      c) 40  मिटर          d) 50  मिटर

२०. अरुण आफ्नो घडी टेबलमा यसरी राख्यो कि ६ p.m, बज्दा घडीको घण्टा सुइले उत्तर दिशा देखायो । ९:१५ p.m हुँदा मिनेट सुइले कुन दिशा देखाउँछ ?

A)  दक्षिण    B) पश्चिम    C)  दक्षिण–पूर्व    D)   उत्तर

२१. दुई केटी र दुई केटा तास खेल्दै छन् । कुनै पनि केटी पूर्व फर्केकी छैनन् । विपरित दिशामा एउटै लिंगका खेलाडी बसेका छैनन् । एउटा केटा दक्षिण फर्केको भए केटीहरु कुन दिशातर्फ फर्केर बसेका होलान् ?

A)  पूर्व र पश्चिम           B)  दक्षिण र पूर्व        C) उत्तर र पूर्व    D)  उत्तर र पश्चिम

Answer sheet  


नोट : उपरोक्त पाठ लगायत IQ सम्बन्धी अझ विस्तृतमा अध्ययन गर्न इच्छा भएमा लेखकको पुस्तक  IQ Capsule हेर्नुहुन अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस