२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्षमा सिङ्गो प्रदेश जोडिन्छ : मन्त्री गिरी

अ+ अ-

प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताएका छन् ।

लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले लुम्बिनी भ्रमण वर्ष नाम भए पनि प्रदेशका सबै क्षेत्रलाई समेटिएको दाबी गरे। ‘नाम लुम्बिनी भ्रमण वर्ष हो तर यसमा प्रदेशका सबै स्थान समेटिएका छन्’, उनले भने, ‘लुम्बिनीलाई केन्द्रमा राखेर मानसरोवरसम्म पर्यटक पु¥याउने योजना हाम्रो हो ।’

पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीको कमी रहेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई परिवर्तन गर्दै पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको उनको भनाइ छ । लुम्बिनी भ्रमण वर्षले नेपाल भ्रमण वर्षलाई समेत सघाउने मन्त्री गिरीले उल्लेख गरिन् ।

काठमाडौँमा आउने पर्यटक पोखरा र सौराहा मात्रै नभई लुम्बिनीसहित प्रदेश ५ हुँदै सुदूरपश्चिमसम्म पनि पु¥याउने लक्ष्य राखिएको उल्लेख गर्दै उनले भ्रमण वर्षले पर्यटकीय वातावरण सिर्जना हुने र पर्यटकको बसाइ अवधि लम्बिनेसमेत विश्वास व्यक्त गरे। लुम्बिनी आउने पर्यटकलाई दाङ उपत्यका, स्वर्गद्वारी, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जसहित घरबासहरुमा घुमाउने अभियानसमेत रहेको उनको भनाइ थियो ।

लुम्बिनी भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले प्रदेशभरकै पर्यटकीय गन्तव्यको चिनारी गराउने उद्देश्य रहेकोे प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि कपिलवस्तु, रामग्रामसहितका पर्यटकीय क्षेत्रको प्रचार र विकास गर्ने योजनासमेत रहेको छ । लुम्बिनी भ्रमण वर्षकै अवसरमा लुम्बिनीमा मायादेवी प्रसूति उत्सव गरिँदैछ । बौद्धकालीन खाना प्रदर्शनीसहित लुम्बिनी फेस्टिभल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वल, पूर्णिमा उत्सवलगायत कार्यक्रम हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस