२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलमला मन्दिरमा सिँढी बनाउने काम शुरु

अ+ अ-

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको मलमला मन्दिर क्षेत्रमा पैदलयात्राका लागि सिँढी बनाउने काम शुरु भएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नगरपालिका–६ को चुरेक्षेत्रमा रहेको मलमला क्षेत्रमा निर्माण हुन लागेको सिँढीले स्थानीयवासीसमेत खुशी देखिएका छन् ।

प्रतिनिधिसभाका सांसद भरत शाहको संसदीय विकास कोषबाट रु ३० लाख बजेट परेपछि मन्दिरसम्म पुग्नका लागि सहज पैदल यात्राका लागि सिँढी बनाउने काम शुरु भएको हो । २९ लाख ९५ हजार ९०९ मा जय देउराली निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरी १५८ मिटर लम्बाइको सिँढी निर्माणको काम असार मसान्तसम्म सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमका अध्यक्ष गुनाखर भट्टराईले मलमला क्षेत्रको विकासमा तीन तहको सरकारले चासो देखाएकोप्रति खुशी व्यक्त गर्दै । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मलमला क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न पनि जरुरी रहेको बताए । खासगरी बडादशैँ, चैतेदशैँ, सरस्वती पूजामा मलमला मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

करीब २०० वर्षअघि सो क्षेत्रमा जनावरले स्थानीयवासीलाई धेरै सताएको र त्यसबाट बच्नका लागि तत्कालीन आदिवासी थारू समुदायले न्यानो कपडामा चामल बाँधेर त्यस ठाउँमा चढाउने गरेको र त्यसपछि ती जङ्गली जनावरको आक्रमण अन्त्य भएकाले मलमलको नाम अप्रभंश भई मलमलाको मन्दिरको रुपमा स्थापित भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस