२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिसी क्यामरा जडान गरिने

अ+ अ-

पोखरा । आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् ।

शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त ठाउँमा सिसी क्यामरा जडान गर्ने सम्बन्धमा लेखनाथ सामुदायिक सेवा केन्द्रद्वारा सोमबार आयोजित छलफल कार्यक्रममा सो सहमति भएको हो । प्रारम्भिक चरणमा रु ३३ लाखको लागतमा पोखरा–२६ को विजयपुरदेखि कोत्रेसम्म र तालचौकदेखि वेगनास ताल, पोखरा विश्वविद्यालय, अर्रधौचोकदेखि रिठ्ठेपानी, तल्लो गगनगौँडादेखि राजाको चौतारा र राजमार्ग क्षेत्रसमेत गरी ३१ सिसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

सो अवसरमा प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले सिसी क्यामरा जडान भएपछि आपराधिक मानसिकता कमजोर हुनुका साथै यसको नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णहरि भण्डारीले यस अवधारणलाई साकार पार्न सरोकार निकायबीच सहकार्य गरी प्राविधिक पक्षको सम्बन्धमा गहन छलफल आवश्यक रहेको सुझाव दिए । सिसी क्यामरा जडान समितिका संयोजक मोती गिरीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस अभियानलाई सफल बनाउन विभिन्न सङ्घ–संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

स्वतन्त्र पत्रकार सङ्घमा गौतम

स्वतन्त्र पत्रकार सङ्घ नेपालको हिजो सम्पन्न चौथो अधिवेशनले असफल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तिलक थापा, महिला उपाध्यक्षमा लक्ष्मी गुरुङ (तिर्सना), सचिवमा सुरेशराज अधिकारी, सहसचिवमा गङ्गासागर उपाध्याय र कोषाध्यक्षमा ओमप्रकाश उपाध्याय चुनिएका छन् ।

त्यस्तै, सदस्यमा क्रमशः सागर कार्की, भरतप्रसाद तिवारी, अम्बिका राणा, पितमबहादुर सेन (ठकुरी) डिल्लीराम काफ्ले र डिल्लीराम कार्की रहेका छन् । सोहीअनुरुप, राष्ट्रिय पार्षदमा केशवराज पराजुली, उमाकान्त शर्मा, भूपनिधि पन्त, नारायण कार्की, कृष्ण थापा, दुर्गाप्रसाद पौडेल, यज्ञप्रसाद बाँस्तोला र ऋषिराम बराल निर्वाचित भएका छन् ।

त्यस्तै, प्रदेश पार्षदमा महेश्वर पाण्डे, विश्वलाल श्रेष्ठ, कल्याण पन्त, लेखबहादुर थापा, बालकृष्ण सुवेदी, कृष्ण रानाभाट, पुलप्रसाद गुरुङ (पुरन) चयन भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस