कांग्रेसको प्रश्न : राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्ने संविधानको कुन धारामा छ ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको प्रश्न : राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्ने संविधानको कुन धारामा छ ?


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा प्रतिपक्षी कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपतिको सम्बोधन जारी रहेकै बेला ट्वीट गर्दै शर्माले मुलुकमा नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? भन्ने प्रश्न गरेका हुन् । ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? ’, शर्माले ट्वीटमा भनेका छन्, ‘कुनै बेला ‘श्री ५ को’ सरकार थियो ।

राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’ राष्ट्रपति भण्डारीको सम्बोधनमा ठाउँठाउँमा ‘मेरो सरकार’ भन्ने शब्द उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस