चलचित्र सत्यम शिवम् सुन्दरमको दोश्रो गीत सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चलचित्र सत्यम शिवम् सुन्दरमको दोश्रो गीत सार्वजनिक (भिडियो सहित)


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत ‘पारौन झ्याइकुटि यसैपाली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ ।

आगामी हरितालिका तिजदेखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो । उक्त गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका छन् भने सन्तोष प्रगाढको संगीत रहेको छ ।

चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।

देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐरको छायांकन बिपिन कटुवालको शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

हेर्नुस् भिडियो : 

Tags :
प्रतिक्रिया दिनुहोस