२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा हावाहुरी र वर्षा, त्रासले विद्यालय बन्द

अ+ अ-

नवलपरासी । हुरीबताससहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हुरीबतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भए पनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जानकारी दिए ।

हावाहुरी र वर्षापछि जिल्लाका अधिकांश विद्यालयले सूचना जारी गरेर विद्यालय नआउन उर्दी जारी गरेका छन् ।

नवलपुरका शिक्षा समन्वय प्रमुख कृष्णचन्द्र पोख्रेलले प्रतिकूल मौसमका कारण नवलपुरका स्थानीय तहका शिक्षा समितिले विद्यालय बिदा गरेको जानकारी दिए ।

प्याब्सन नवलपुरका सचिवसमेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस