२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयक सर्वसम्मतिले पारित

अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले आज प्रदेश नं ५, संघसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकोे छ ।

सभामुख पूर्णबहादुर घर्तीले सो विधेयक निर्णयार्थ सभामा प्रस्तुत गरेपछि विधेयक पारित भएको थियो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सभामा प्रस्तुत भएको थियो ।

त्यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले प्रदेश नं ५, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५, खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरे ।

त्यसअघि शून्य समयमा दिनेश पन्थीले खानेपानीको कारणले गुल्मीमा झाडा पखालाबाट मृत्यु भएको विषय दुःखद् भएको औँल्याउँदै सरकार गम्भीर हुन आवश्यक भएको बताए ।

विषेश समयमा वीरबहादुर रानाले व्यवस्थासँगै संरचना परिवतर्न भए पनि संस्कार परिवर्तन नभएको उल्लेख गर्दै राजनीतिमा नैतिकताको खडेरी देखिएको बताए ।

अर्का प्रदेशसभा सदस्य युवराज खनालले सार्वजनिक वा सरकारी भवन अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै कृषिमा अनुदान उत्पादनका आधारमा वितरण गर्न आग्रह गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य कल्पना पाण्डे, अम्मरबहादुर डाँगी, आशा स्वर्णकारलगायतले सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशसभामा प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गरेका दुई विधेयकसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए ।

प्रदेशसभामा उठेका विभिन्न विषयको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा उठेका सबै विषयको सम्बोधन भएको उल्लेख गर्दै गुल्मीमा भएको झाडापखालाबारे बुझ्न जनशक्ति परिचालन भएको बताए ।

प्रतिक्रिया दिनुहोस