२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजपुरमा दादुराको महामारी

अ+ अ-

लमही । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिए । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको थियो । “लामो समयदेखि गाउँपालिकामा महामारीका रुपमा फैलिएको दादुरा अझै नियन्त्रणमा आउन सकेको छैन”, उनले भने, “यसलाई न्यूनीकरण गर्न विशेषज्ञसहितको टोलीले छलफलबाट दादुराविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।”

शाखाप्रमुख रोकाका अनुसार यही वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ । वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजीकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुराविरुद्धको खोप लगाउन लागिएको हो । उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनका डा पवन उपाध्याय, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डित, युनिसेफ भैरहवाका शिव सुवेदीलगायतको टोलीले तयारी गरिरहेको उनले बताए ।

यसअघि पटक–पटक गाउँपालिकामा दादुराविरुद्धको खोप लगाउने अभियान चले पनि उनीहरुले बच्चालाई खोप नलगाउँदा यस्तो समस्या निम्तिएको शाखाप्रमुख रोकाको भनाइ थियो ।

त्यहाँका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा उपाध्यायको टोलीले आठ जनाको नमूना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको थियो । गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस थियो । पूर्ण खोपयुक्त गाविस भएको ठहर गरेपछि गरिएको सर्वेक्षणमा सबैले खोप लगाएको भनिए पनि धेरै बालबालिका छुट्नु विडम्बना भएको डा उपाध्यायले बताए। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा भरत भण्डारीले राजपुरमा दादुरा देखिएकामध्ये अधिकांश खोप नपाएका बालबालिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस