२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान

अ+ अ-

पर्वत । जिल्लामै पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।

स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।

लोजान युनिभर्सिटीले विभिन्न देशको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ‘सिस्मोमिटर’को जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहका छन् । विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमै यन्त्र जडान गरिएको उनले बताए ।

नेपाली वैज्ञानिक सुवेदीका अनुसार एक ठाउँमा यो ‘सिस्मोमिटर’ जडान गर्न कम्तीमा पनि रु एक लाखभन्दा बढी खर्च हुन्छ । विद्यालयमा यन्त्र जडान गरेपछि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई भूकम्पका बारेमा अध्ययन गर्न र अन्य विषय अध्ययन गर्ने विद्यार्थी पनि यस विषयमा जानकार हुन पाउने विद्यालयका प्रअ राजकुमार शर्माको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस