वीरगन्ज । वीरगन्ज नर्सिगं क्यापसका छात्र–छात्राहरुले मधसी समाजमा रहेको विभिन्न समाजिक विकृती हटाउने उदेश्यमा आधारित नाटक प्रस्तुत गरेका छन् ।
विरगन्जको नगरवामा एक कार्यक्रम बिच बिएससि नर्सिङ प्रथम बर्षका छात्र–छात्राहरुले मधेसमा समाजिक विकृतीको रुपमा रहेको दाइजोपर्था, बालबिबाह, छोरा छोरी बिचको विभेद,महिलाहिसां लयायत विभिन्न बिषयमा अधारित नाटक प्रस्तुत गर्दै स्थानियहरुलाई सजग हुन आग्रह गरेका छन् ।
समाजिक विकृति हटाऔ सम्य समाजको निर्माण गरौ नाराका साथ आयोजना गरिएको उक्त नाटकको वीरगन्ज महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसियाले गरेका थिए ।
नटकको उदघाटन गर्दै उनले समाजमा रहेको विभिन्न विकृतीमा आधारित यो नाटकको प्रस्तुतीले स्थानीय वासिहरुमा ठुलो चेतना प्रदान गर्ने बताउदै रितीरिवाजको बहानामा कुनैपनि गैर कानुनि समाजिक विकृत गरिए कानुनी कार्यवाहि गरिने बताए ।
यस्ता रचनात्मक नाटकहरुद्धारा स्थानियलाई सु सुचित गर्नुको साथै महिला हिसां, वालबिबाह, दाइजो पर्था लगायत विभिन्न बिकृतीहरुको बारेमा कानुनि बन्देज समेत गरिएकोले यस्तो गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाहि गर्न आफु सधै अग्रसर रहेको बताए। कार्यक्रममा नर्सिगं क्याम्पसकि प्रिसिपल सुर्या कोइराला,रामाकान्त चौरसिया,रामजी चौरसिया,शम्भु राउतबरै र शिवजाथ चौरसिया लगायत स्थानिय बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।