२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालयन कार्गोका प्रोपाइटरसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन कार्गोकी प्रोपाइटर मधुकुमारी चौधरी र उनका पति भारतीय नागरिक विनोदकुमार गुप्तासहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

कम्पनीले १० वर्षदेखि कर छली गरेर प्राप्त गरेको रकम आफ्नो र कर्मचारीको खातामा जम्मा गरेको, घर जग्गा र अन्य कम्पनीमा लगानी गरेको भन्दै विभागले मधुकुमारी चौधरी र उनका श्रीमान् विनोद विरुद्ध २२ करोड ९५ लाख ४९ हजार २ सय रुपैयाँ बिगो दाबी गर्दै जनही २ वर्ष कैदसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोगपत्र दायर गरेको हो ।

त्यसै गरी राजस्व चुहावट गरी गैरकानुनी आर्जनमा सहयोग गरेको अभियोगमा विभागले भारतीय नागरिक वीरेन्द्र महतो विरुद्ध पनि २२ करोड ९५ लाख ४९ हजार २ सय बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । उनलाई पनि दुई वर्ष कैद सजाय गर्न माग दाबी गरिएको छ । विभागले गैरकानुनी आर्जनबाट बढे बढाएको सबै सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

हिमालय कार्गोले तिर्नुपर्ने २०६५/६६ देखि २०७४/७५ सम्मको राजस्व चुहावट गरी उनीहरूले गैरकानुनी रकम आर्जन गरेर अन्य व्यवसायमा लगानी गरेको तथा बैङ्कमा बचत गरेका थिए । कार्गोका सञ्चालकले मधुकुमारी र उनका पतिले भारतीय नागरिक वीरेन्द्र महतोसमेतको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार १ सय ३१ रुपैयाँ गैरकानुनी आम्दानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

जुन रकममध्ये आफू र आफ्नो फर्मका कर्मचारीको नाममा बैङ्कमा १० करोड १० लाख २० हजार ९ सय ४१ लुकाएको र २०६५ सालपछि काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा घर जग्गामा ८ करोड ३० लाख ३० हजार ८ सय, मधुकुमारी एकल सञ्चालक रहेको मंगला रियलस्टेटमा २ करोड, एप्पल पोलिमर्स प्रालिमा २ करोड ५० लाख लगानी गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

त्यसै गरी मधुकुमारी चौधरीको विभिन्न बैङ्क तथा वित्तीय संस्थाको सेयरमा ४ लाख ९७ हजार ४ सय ५९ रुपैयाँ लगानी गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस