२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स–रे

अ+ अ-

हुम्ला । स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका लागि सिमकोट गाउँपालिकाको आयोजनामा जिल्ला अस्पतालका डा टसी लामाको टोलीसहित सवास्थ्यकर्मी गाउँमा पुगेका छन् ।

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भए पनि अस्पतालमा गर्भ जाँच गराउन पहुँच नपुगेका महिलाको गर्भ जाँच भिडियो एक्स–रे मार्फत गर्न गाउँमा पुगेको डा लामाले जानकारी दिए ।

जिल्ला अस्पतालसम्म गर्भ जाँच गर्ने पहुँच नपुगेका १६ महिलाको गर्भ जाँच गरिएको डाक्टर लामाले जानकारी दिए । गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले जानकारी दिए ।

सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिए ।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताए । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो ।

हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप तीन हजार पाउने गरेको डा. लामाले जानकारी दिए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उनले बताए । यसबाट महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको छ ।

प्रतिक्रिया दिनुहोस