५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय कराँतेमा २० स्वर्ण पदकसहित नेपाल समूह विजेता

अ+ अ-

पटना । स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ ।

पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित च्याम्पियनसिपमा नेपाल प्रथम, भारत द्वितीय र बङ्गलादेश तृतीय भएको अलइन्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपाली खेलाडी रुपा रानाले काता र कुमितेतर्फ दुइ स्वर्ण पदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी हुन् । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतको पुनामा भएको प्रतियोगितामा समेत स्वर्ण पदक प्राप्त गरेकी थिइन् । रानासँगै सिनियरतर्फ सन्तु थारू ५५, छिरीङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाए ।

१९ वर्षमुनिको जुनियरतर्फको स्पर्धामा सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे । १७ वर्षमुनिको (सव जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनिल रावलले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे ।

१४ वर्षमुनिको (केडर) उमेर समूहमा प्रियङ्का थापा ५५, इशा सारु ४०, शाहील गुरुङ ३५, जप्वन पुन ४०, मिलन श्रीस ४५, सरोज क्षेत्रीले ५५ केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक प्राप्त गरे । यसैगरी १० वर्षमुनिको (सवकेडर) उमेर समूहमा अमीषा पोखरेल ३०, आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्ण पदक हात पारको मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुनले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, बिपीन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजत पदक प्राप्त गरे भने नेपालका यमन सोती मगरले कास्य पदक हात पारे । भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायतका देशका २२१ खेलाडीले भाग लिएको च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको कराँते महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसीले बताए ।

विदेशी भूमिमा जित हासिल गरेर खेलाडीले देशको नाम राखेकामा आफूलाई गर्व लागेको जापान गोजुरीयो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपाली टोलीका प्रमुख प्रशिक्षक केबी रानाले बताए । यसअघि भारतको पुनामा सम्पन्न च्याम्पियनसिपमा १४ स्वर्ण पदक तथा २०१७ मा दिल्लीमा सम्पन्न भएको साउथ एशियन च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित विजेता बनेको नेपालले फेरि इतिहास रचेकामा गौरव महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस