स्मार्टफोनको ब्याट्री छिट्टै सकिनुका यस्ता छन् कारण ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्मार्टफोनको ब्याट्री छिट्टै सकिनुका यस्ता छन् कारण !


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


एजेन्सी । स्मार्टफोन धेरै चलाउने मानिसहरुको गुनासो हुन्छ, छिटो ब्याट्री सकिने । यदि यो समस्या आफ्नो मात्र हो भन्ने लागेको छ भने ढुक्क हुनुहोस् कि धेरैले भोग्ने समस्या हो यो ।

स्मार्टफोनमा ब्याट्रीको चार्ज छिटो सकिने समस्याका कारण विभिन्न हुन सक्दछन् । ब्याट्री बिग्रिनु वा स्मार्टफोनमा अरु कुनै प्राविधिक समस्या आउँदा पनि यस्तो हुन सक्दछ । र, कतिपय अवस्थामा स्मार्टफोन प्रयोगकर्ताका केही आनीबानीका कारण पनि यस्तो हुन सक्दछ । त्यसैले ब्याट्रीको आयु बढाउनका लागि स्मार्टफोन प्रयोगकर्ताले आफ्ना यी आनीबानी हटाउनु पर्दछः

१. लाइभ वालपेपर हटाउनुहोस् : फोनको स्क्रिनमा तैरिरहेको माछा वा अरु कुनै लाइभ वालपेपरको प्रयोग गर्नुहुन्छ ? यदि त्यसो हो भने त्यसलाई हटाउनुहोस् । किनकि यस्तो चल वालपेपरले स्मार्टफोनको ब्याट्री धेरै खपत गर्दछ । यसको साटो गाढा रङको फोटोको वालपेपर राख्न सकिन्छ ।

२. स्क्रिनको चहकिलोपना कम गर्ने : स्मार्टफोनको स्क्रिनले सबैभन्दा धेरै ब्याट्री खान्छ । स्क्रिन जति ठूलो तथा चमकदार हुन्छ र हाइ रिजोलुसनयुक्त हुन्छ उति नै धेरै ब्याट्री खपत हुन्छ । यदि तपाइँ फोनमा स्क्रिनको ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् र यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतको आसपास राख्नुहोस्। यसबाट ब्याट्री कम खपत हुन्छ । साथै यसको अर्को फाइदा पनि हुन्छ, त्यो भनेको तपाइँको आँखाको स्वास्थ्यका लागि पनि फाइदा पुग्दछ । खास आवश्यकताको बेला, जस्तै घाममा मोबाइल हेर्नुपर्दा चाहीँ ब्राइटनेस बढाउन सकिन्छ ।

३. अनावश्यक एपहरुबाट बच्नुहोस् : अहिले एपस्टोरहरुमा असंख्य र अनेक खालका एपहरु छन् र धेरै निस्शुल्क रहेका छन् । निस्शुल्क पाइने एपहरु सोचविचार नगरिकनै सबै भटाभट डाउनलोड गर्नुपर्दछ भन्ने होइन । आफ्नो स्मार्टफोनमा केवल कामलाग्ने वा अत्यावश्यक एपहरु मात्र डाउनलोड गर्नुहोस् । प्रयोगमा नआउने खालका एपहरु आफ्नो स्मार्टफोनबाट अनस्टल गर्नुपर्दछ ।

४. क्यामरा तथा भिडियो प्रयोग केहीबेर रोक्ने : यदि तपाइँको फोनमा ब्याट्री कम बँचेको छ भने त्यस समयका लागि तपाइँ मोबाइलको क्यामरा तथा भिडियोको प्रयोग कम गर्न सक्नुहुन्छ । यसले तपाइँको ब्याट्रीको चार्ज केही समय बढी टिक्दछ ।

५. भाइब्रेसन मोडमा नराख्ने स् रिंगटोनको आवाजको तुलनामा भाइब्रेट हुँदा फोनको उर्जा धेरै खपत हुन्छ । त्यसैले यदि आफ्नो स्मार्टफोनको ब्याट्री धेरै टिकोस् भन्ने चाहनुहुन्छ भने फोनलाई भाइब्रेसन मोडमा नराख्नुहोस् ।

६. ब्लुटुथ, वाइफाइतथा मोबाइल डाटा स् आफ्नो स्मार्टफोनमा आवश्यकता बाहिरको समयमा ब्लुटुथ, वाइफाइ तथा मोबाइल डाटा अफ गर्नुहोस् । यदि सधै यी फिचर अन गर्ने बानी छ भने बानी फेर्नुहोस् । चाहिने बेला मात्र ब्लुटुथ, डाटा वा वाइफाइ अन गर्नुपर्दछ ।

७.लोकेसन सर्भिसन अफ गर्ने : स्मार्टफोनमा सदैव लोकेसन सर्भिस अन गर्दा ब्याट्रीको खपत बढी हुन्छ । त्यसैले आवश्यकता नपरेको बेला फोनको लोकेसन सर्भिस अफ गरिराख्नु पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस