२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कविता राईको ‘आमा र जून’ सार्वजनिक

अ+ अ-

काठमाडौं । कवि कविता राईको पहिलो कवितासङ्ग्रह ‘आमा र जून’ सार्वजनिक भएको छ । राईको कविता शनिबार संघीय संसद्का सांसद सुदन किराँतीले कृति लोकार्पण गर्दै साहित्यले राजनीतिलाई मार्गदर्शन गर्नुपर्ने बताइन्। ‘उनको कविताले मेरै जीवन बोलेको हो कि जस्तो महसुस गरायो’, उनले भनिन् ।

मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भएको र लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएको भन्दै उनले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका डा हेमनाथ पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशलाई समेटिएको बताए । ‘कवितामा लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ’, उनले भने ।

समालोचक डा नारायण गडतौलाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे तथा भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताए ।

प्रा।डा। जीवेन्द्रदेव गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्रदेशसभा सदस्य राजेन्द्र राई, पूर्वसांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविता सरल र सम्प्रेषणीय हुनाका साथै अब्बल भएको जिकिर गरे । कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिका स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता तथा कवि बाबा बस्नेतले ‘सोल्टीज्यू’ शीर्षक कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस