अस्पतालभित्रै नर्सले गरिन् झुण्डिएर आत्महत्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अस्पतालभित्रै नर्सले गरिन् झुण्डिएर आत्महत्या


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


जनकपुर । जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्सले भुण्डिएर आत्महत्या गरेकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाकाले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको बताएको छ ।

शव प्रहरी नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस