जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


बेझाड । उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन् ।

यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताए ।

विद्यालयका प्रधानाध्यापक केशवराज पङ्गेनीले पोशाक सहयोग गरेकोमा जापानी नागरिकलाई धन्यबाद दिँदै यस कार्यक्रमले बिचमै कक्षा छाड्ने, नियमित विद्यालय नजाने समस्यामा कमी आउने बताए । विद्यालय पोशाक पाएपछि यहाँका विद्यार्थीहरु खुशी भएका छन् । ग्रामीण र दुर्गम भेगमा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पोशाक समस्याले पनि विद्यालय नजाने समस्या देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस